राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न « Khabarhub

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजित ‘प्रथम मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिता–२०८३’ सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल अल स्पोर्ट्स हबको आयोजनामा उक्त महोत्सव सम्पन्न भएको हो ।

महोत्सवअन्तर्गत सञ्चालित विभिन्न ६ मौलिक खेलहरूमध्ये अत्यधिक चासोका साथ हेरिएको डन्डिबियो विधामा टिम अछामले पहिलो स्थान हासिल गरेको छ । कुल १६ टोलीको सहभागिता रहेको उक्त स्पर्धामा टिम दोलखा दोस्रो तथा थापाथली एकेडेमी तेस्रो भए । विजयी अछामको टोलीमा नरेश बोहरा, खेम कठायत र कृष्ण बोहरा सामेल थिए ।

त्यस्तै, नेपाली समाजमा शताब्दीयौँ देखि मठमन्दिर, चौतारा र ग्रामीण बस्तीहरूमा खेलिँदै आएको तर पछिल्लो समय ओझेलमा पर्दै गएको रणनीतिक खेल ‘बाघचाल’ मा कृष्ण प्रसाद सिग्देलले उपाधि जितेका छन् । २६ खेलाडी सहभागी उक्त स्पर्धामा विपिन अमात्य दोस्रो र इन्द्र बस्नेत तेस्रो भए । मौलिक खेलको ऐतिहासिक महत्त्वलाई पुनर्जीवित गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय स्तरमा बाघचाललाई समावेश गरिएको आयोजकले जनाएको छ ।

नेपाल अल स्पोर्ट्स हबका अध्यक्ष दिपेन राईको सभापतित्वमा भएको उक्त समापन कार्यक्रममा विजयी टोली तथा खेलाडीलाई नेपाल उसु महासङ्घका महासचिव नवराज ढुङ्गानाले पुरस्कार वितरण गरेका थिए । यो प्रतियोगिताले नयाँ पुस्तालाई आफ्नै सांस्कृतिक सम्पदासँग जोड्नुका साथै रैथाने खेलप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ९ : ०२ बजे

नेप्सेमा गयो पहिरो, ४९० अंकले घट्यो निर्जीवन बीमा समूह

काठमाडौं– भोटेकोशीमा आएको विनाशकारी बाढीको उच्च नकारात्मक प्रभाव सेयर बजारमा

संसद् बैठक बोलाउन कार्यव्यवस्था समितिको बैठक मंगलबार बस्ने

काठमाडौं– संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको

नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

काठमाडौं– नेपाल–चीन सीमा क्षेत्रमा दुई वटा सिसी क्यामेरा जडान गरिने

संसद् बैठक बोलाउन सभामुखसँग छलफल गर्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले छिटोभन्दा छिटो संसद्को बैठक आह्वान गर्न सभामुखसँग

नीताले बाचाअनुसार अर्थमन्त्रीलाई दिइन् ‘पार्वती’को पहिलो दिनको कमाइ

काठमाडौं – नायिका तथा निर्देशक नीता ढुंगानाले बाचाअनुसार फिल्म ‘पार्वती’को