राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न « Khabarhub

राष्ट्रिय स्तरको पहिलो परम्परागत खेल महोत्सव सम्पन्न


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली मौलिक तथा परम्परागत खेलको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजित ‘प्रथम मौलिक तथा परम्परागत खेलकुद प्रतियोगिता–२०८३’ सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आर्थिक सहयोग तथा नेपाल अल स्पोर्ट्स हबको आयोजनामा उक्त महोत्सव सम्पन्न भएको हो ।

महोत्सवअन्तर्गत सञ्चालित विभिन्न ६ मौलिक खेलहरूमध्ये अत्यधिक चासोका साथ हेरिएको डन्डिबियो विधामा टिम अछामले पहिलो स्थान हासिल गरेको छ । कुल १६ टोलीको सहभागिता रहेको उक्त स्पर्धामा टिम दोलखा दोस्रो तथा थापाथली एकेडेमी तेस्रो भए । विजयी अछामको टोलीमा नरेश बोहरा, खेम कठायत र कृष्ण बोहरा सामेल थिए ।

त्यस्तै, नेपाली समाजमा शताब्दीयौँ देखि मठमन्दिर, चौतारा र ग्रामीण बस्तीहरूमा खेलिँदै आएको तर पछिल्लो समय ओझेलमा पर्दै गएको रणनीतिक खेल ‘बाघचाल’ मा कृष्ण प्रसाद सिग्देलले उपाधि जितेका छन् । २६ खेलाडी सहभागी उक्त स्पर्धामा विपिन अमात्य दोस्रो र इन्द्र बस्नेत तेस्रो भए । मौलिक खेलको ऐतिहासिक महत्त्वलाई पुनर्जीवित गर्ने उद्देश्यले पहिलो पटक राष्ट्रिय स्तरमा बाघचाललाई समावेश गरिएको आयोजकले जनाएको छ ।

नेपाल अल स्पोर्ट्स हबका अध्यक्ष दिपेन राईको सभापतित्वमा भएको उक्त समापन कार्यक्रममा विजयी टोली तथा खेलाडीलाई नेपाल उसु महासङ्घका महासचिव नवराज ढुङ्गानाले पुरस्कार वितरण गरेका थिए । यो प्रतियोगिताले नयाँ पुस्तालाई आफ्नै सांस्कृतिक सम्पदासँग जोड्नुका साथै रैथाने खेलप्रति आकर्षण बढाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ९ : ०२ बजे

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट