दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू) « Khabarhub

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा भक्तपुर–८, च्याम्हासिंहस्थित सैजु जुजु धौमा प्रसिद्ध जुजु धौको उत्पादन अन्य दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ। पर्वका कारण माग बढ्ने भएकाले सामान्य दिनको तुलनामा धेरै परिमाणमा दूध जमाएर जुजु धौ तयार गरिएको हो ।

जुजु धौ बनाउन ताजा दूधलाई आवश्यक तापक्रममा उमालेर चिस्याइन्छ । त्यसपछि दूधलाई प्लास्टिकका बट्टा तथा माटाका भाँडामा राखी आवश्यक मात्रामा निश्चित तापक्रममा जमाउन छाडिन्छ। करिब पाँचदेखि छ घण्टापछि दूध स्वादिष्ट जुजु धौमा परिणत हुने गर्छ ।

उत्पादकका अनुसार माटाका भाँडाले अतिरिक्त चिस्यान सोस्ने भएकाले जुजु धौको स्वाद, गाढापन र गुणस्तर अझ उत्कृष्ट हुन्छ। यही परम्परागत विधि र शुद्ध दूधको प्रयोगले भक्तपुरको जुजु धौलाई विशेष पहिचान दिलाएको छ।

आसार १५ मा दही–चिउरा खाने नेपाली परम्परासँगै जुजु धौको माग हरेक वर्ष उल्लेख्य रूपमा बढ्ने भएकाले बजारको आवश्यकता पूरा गर्न सैजु जुजु धौका कर्मचारीहरू बिहानैदेखि उत्पादनमा व्यस्त रहेका छन् । परम्परागत स्वाद र गुणस्तरका कारण भक्तपुरको जुजु धौ नेपालीहरूको रोजाइमा पर्ने गर्दछ ।

नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ । भक्तपुरमा पाँच दर्जनको हाराहारीमा जुजु धौ व्यवसायी छन् ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ९ : ३२ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद