दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू) « Khabarhub

दही–चिउरा खाने पर्व असार १५ : भक्तपुरमा ‘जुजु धौ’ उत्पादनमा व्यस्त व्यवसायी (तस्बिरहरू)


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– दही–चिउरा खाने पर्वका रूपमा मनाइने असार १५ को अवसरमा भक्तपुर–८, च्याम्हासिंहस्थित सैजु जुजु धौमा प्रसिद्ध जुजु धौको उत्पादन अन्य दिनको तुलनामा उल्लेख्य रूपमा बढेको छ। पर्वका कारण माग बढ्ने भएकाले सामान्य दिनको तुलनामा धेरै परिमाणमा दूध जमाएर जुजु धौ तयार गरिएको हो ।

जुजु धौ बनाउन ताजा दूधलाई आवश्यक तापक्रममा उमालेर चिस्याइन्छ । त्यसपछि दूधलाई प्लास्टिकका बट्टा तथा माटाका भाँडामा राखी आवश्यक मात्रामा निश्चित तापक्रममा जमाउन छाडिन्छ। करिब पाँचदेखि छ घण्टापछि दूध स्वादिष्ट जुजु धौमा परिणत हुने गर्छ ।

उत्पादकका अनुसार माटाका भाँडाले अतिरिक्त चिस्यान सोस्ने भएकाले जुजु धौको स्वाद, गाढापन र गुणस्तर अझ उत्कृष्ट हुन्छ। यही परम्परागत विधि र शुद्ध दूधको प्रयोगले भक्तपुरको जुजु धौलाई विशेष पहिचान दिलाएको छ।

आसार १५ मा दही–चिउरा खाने नेपाली परम्परासँगै जुजु धौको माग हरेक वर्ष उल्लेख्य रूपमा बढ्ने भएकाले बजारको आवश्यकता पूरा गर्न सैजु जुजु धौका कर्मचारीहरू बिहानैदेखि उत्पादनमा व्यस्त रहेका छन् । परम्परागत स्वाद र गुणस्तरका कारण भक्तपुरको जुजु धौ नेपालीहरूको रोजाइमा पर्ने गर्दछ ।

नेवारी परम्पराअनुसार जन्मोत्सव, शुभकर्म, यात्रा, सफलता र ठूलो दुर्घटना पार लागेको अवस्थामा दिइने सगुन होस् या भोज दहीको उपयोग अनिवार्य मानिन्छ । भक्तपुरमा पाँच दर्जनको हाराहारीमा जुजु धौ व्यवसायी छन् ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ९ : ३२ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र