नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ « Khabarhub

नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने छ : पर्यटनमन्त्री श्रेष्ठ


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक पर्यटन परियोजनाको शुभारम्भले नेपाल–चीनबीचको सहकार्य र आपसी विश्वासलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले चीन–नेपाल अन्वेषण यात्रा अन्तर्गत आयोजित अन्तर्राष्ट्रिय उत्कृष्ट सांस्कृतिक पर्यटन परियोजनाको शुभारम्भमा उक्त धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा हुवाङ लेईले यस  पर्यटन परियोजनामार्फत मासिक करिब छ हजार तथा वार्षिक ७२ हजारदेखि एक लाख २० हजारसम्म चिनियाँ पर्यटक नेपाल भित्र्याउने लक्ष्य रहेको बताए ।

उनले चिनियाँ पर्यटकको आगमन बढेमा होटल, यातायात, कृषि तथा हस्तकला लगायतका क्षेत्रमा रोजगारी सिर्जना हुने उल्लेख गरे। पर्यटनलाई केवल व्यवसायका रूपमा नभई राष्ट्र निर्माणको आधारका रूपमा विकास गर्न सकिने उनको भनाइ थियो ।

हुवाङले चिनियाँ पर्यटकलाई लक्षित गर्दै काठमाडौं, नगरकोट, चितवन र पोखरालाई समेटेर सातदिने पर्यटन प्याकेज सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

नेपाल पाण्डा इन्टरनेशनल ट्राभल एजेन्सीका शैलेन्द्र ढुंगेल तथा हिमालयन एयरलाइन्सका अध्यक्ष झाउ एनयोङलगायतले मौसमी प्रभावका कारण पर्यटक आगमनमा उतारचढाव आउने भएकाले चारै ऋतुमा पर्यटक भित्र्याउने रणनीतिअनुसार काम गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ११ : ०९ बजे

आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले डिउरो जातको बंगुरपालन र

‘अमेरिका-इरान आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने’

एजेन्सी– अमेरिका र इरानबीच एकअर्कामाथि आक्रमण रोक्ने सहमति भएको छ

धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण धानखेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायुमैत्री

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने