‘पेन्सन पट्टा’को पोस्टरमा दयाहाङ र गौमाया « Khabarhub

‘पेन्सन पट्टा’को पोस्टरमा दयाहाङ र गौमाया


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक दयाहाङ राई र नायिका गौमाया गुरुङलाई केन्द्र भागमा राखी फिल्म ‘पेन्सन पट्टा’को तीन पोस्टर सार्वजनिक गरिएको छ ।

निर्माण पक्षले सोमबार सार्वजनिक गरेको पोस्टरमा दयाहाङ र गौमायालाई ग्रामिण जोडीको भूमिकामा देखाइएको छ ।

पोस्टरहरूले फिल्मको कथा ग्रामिण परिवेशका जोडीको कथा र संघर्षबारे रहेको संकेत गर्छ ।

निर्माण पक्षका अनुसार पोस्टरमार्फत फिल्मको कथा पूर्वलाहुरेको जीवनमा मात्र सीमित नभइ नेपाली समाज, पारिवारिक सम्बन्ध र मानवीय मूल्यमा आधारित रहेको जानकारी दिन खोजिएको हो ।

भदौ २६ लाई प्रदर्शन मिति तोकिएको यस फिल्ममा उनीहरूसहित बुद्धि तामाङ, विल्सन विक्रम राई, पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनील थापालगायतको अभिनय रहेको छ ।

माओत्से गुरुङ फिल्मस्को ब्यानरमा बनेको यस फिल्मको लेखक र निर्देशक माओत्से गुरुङ हुन् ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  २ : ०४ बजे

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल