नियम विपरित कार्य गर्ने ८ लघुवित्त र तिनका पदाधिकारीमाथि राष्ट्र बैंकको कारबाही « Khabarhub

नियम विपरित कार्य गर्ने ८ लघुवित्त र तिनका पदाधिकारीमाथि राष्ट्र बैंकको कारबाही


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकको लघुवित्त संस्था सुपरीवेक्षण विभागले आर्थिक वर्ष २०८०-८१ को तेस्रो त्रयमासमा नियामक निकायको निर्देशन र मापदण्ड उल्लंघन गर्ने विभिन्न ८ वटा लघुवित्त वित्तीय संस्था, तिनका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतमाथि कारबाही गरेको छ । 

बैंकले संस्थागत सुशासन कायम नगर्ने र वित्तीय सूचकांक कमजोर भएका संस्थाहरूलाई शिघ्र सुधारात्मक कारबाही तथा सचेत गराउने निर्णय गरेको हो ।

राष्ट्र बैंकका अनुसार पुँजीकोष अनुपात नियामक मापदण्ड भन्दा कम भएका पाँचवटा लघुवित्तलाई शिघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४ बमोजिम कारबाही गरिएको छ । यसरी कारबाहीमा पर्नेहरूमा आरम्भ चौतारी लघुवित्त (पुँजीकोष ७.७७५), गणपति लघुवित्त (६.०६५), सामुदायिक लघुवित्त (६.१२५), नेरुडे मिर्मिरे लघुवित्त (६.०१५)र सिवाइसी नेपाल लघुवित्त (६.२०५) रहेका छन् ।

संस्थागत सुशासन र आर्थिक अनुशासन उल्लंघन गरेको भन्दै केही संस्थाका सञ्चालक समिति र कार्यकारी प्रमुखलाई समेत सचेत गराइएको छ २, ४. ८८ धौलागिरि लघुवित्त ८८ को सञ्चालक समितिले संस्थाको कर्मचारी सेवा विनियमावली विपरित नायब कार्यकारी अधिकृतलाई पुनर्बहाली गरेको र स्पष्ट आधार विना नै तलब भत्ता भुक्तानी गरेको पाइएकाले उनीहरूलाई सचेत गराइएको छ ।

त्यसैगरी, सिवाईसी नेपाल लघुवित्तको सञ्चालक समितिले सवारी साधन खरिद गर्दा आर्थिक प्रशासन विनियमावलीमा भएको खर्च सीमा र अख्तियारी पालना नगरेको पाइएकाले राष्ट्र बैंक ऐन बमोजिम सचेत गराइएको छ । नेरुडे मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याललाई ८१ करोड ५५ लाख रुपैयाँ बराबरको कर्जा नोक्सानी व्यवस्था विना आधार फिर्ता गरी आम्दानी देखाएको र राष्ट्र बैंकको निर्देशन विपरित लेखांकन गरेको भन्दै सचेत गराइएको छ ।

राष्ट्र बैंकले यी सबै संस्थाहरूलाई आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउन र नियामक मापदण्ड पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ५ : १० बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र