अस्पताल भवन निर्माण अलपत्र « Khabarhub

अस्पताल भवन निर्माण अलपत्र


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ– ठेकेदार कम्पनीको लापरबाहीका कारण जन्तेढुङ्गा गाउँपालिका, ५ चिसापानी बजारमा निर्माणाधीन १५ शय्याको आधारभूत अस्पताल भवन अलपत्र परेको छ । 

ठेकेदार कम्पनी ड्रागन–रियर जेभी र गाँउपालिकाबीच विसं २०७८ असार २५ गते ठेक्का सम्झौता भएको थियो ।  कम्पनीले २०७९ असार २८ मा भवन निर्माण सम्पन्न गरी पालिकालाई हस्तान्तरण गरिसक्नुपर्ने ब्यहोरा सम्झौतामा उल्लेख छ ।  

कूल २० करोड ७१ हजार ५९० रुपैयाँमा निर्माण सम्पन्न हुने अस्पताल भवनको काम ३३ प्रतिशत मात्र सम्पन्न भएको गाउँपालिकाका सूचना अधिकारी विनय निरौलाले जानकारी दिए । 

तोकिएको समयमा काम सम्पन्न नभएपछि पाँच पटकसम्म म्याद थप गरिएको थियो । हालसम्म कम्पनीले छ करोड ४९ लाख छ हजार रुपैयाँ रकम भुक्तानी बुझिसकेको गाउँपालिकाले जनाएको छ । 

पर्याप्त बजेट र उपयुक्त वातावरण सिर्जना गर्दासमेत ठेकेदार कम्पनीले अस्पताल भवनको काम नगरेको गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक खेमबहादुर खड्काले जानकारी दिएका छन् । 

‘ठेकेदार कम्पनीलाई  पटकपटक ताकेता गरिरहेका छौँ । पछिल्लो पटक थपिएको म्यादमा काम सम्पन्न भएन’, उनले भने, ‘अस्पताल भवन निर्माणका लागि पालिकाबाट उपलब्ध रकम ठेकेदार कम्पनीले भुक्तानी लान सकेन । अब के गर्ने भन्ने विषयमा कार्यपालिका बैठक बसेर निर्णय गर्ने तयारीमा छौँ ।’ 

चिसापानी बजारमा आधारभूत अस्पताल भवन निर्माणका लागि स्थानीयले पाँच रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।  

विस्तृत परियोजना रिपोर्ट (डिपीआर) परिवर्तनमा समय लाग्नु, पर्याप्त बजेट नहुनु र फोक्सिङटारमा पुल नहुनुले आधारभूत अस्पताल भवन निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनीका प्रतिनिधि ङ्वाङ डण्डुप लामाले बताए । रासस

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ६ : ०६ बजे

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब दुई

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या