हिजबुल्लाहको आरोप : इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गर्‍यो « Khabarhub

हिजबुल्लाहको आरोप : इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गर्‍यो


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बेरुत– हिजबुल्लाहले इजरायलले युद्धविराम सम्झौताको बारम्बार उल्लङ्घन गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिमाथि निरन्तर निगरानी भइरहेको र लेबनान तथा आफ्ना नागरिकको रक्षा गर्ने अधिकार सुरक्षित रहेको जनाएको छ।

सोमबार जारी विज्ञप्तिमा हिजबुल्लाहले दक्षिणी लेबनानको नाबाटीह र मेफादुन क्षेत्रमा रहेका आवासीय भवनमा इजरायली हवाई आक्रमण भएको तथा फ्रोन गाउँमा ड्रोन आक्रमण गरिएको दाबी गरेको छ।

विज्ञप्तिअनुसार इजरायली सेनाले तैयबेह, हद्दाथा र मजदल जुन क्षेत्रमा आवासीय भवन भत्काएको, बुर्ज कलाउइयेह र बाराचितमा नागरिक बसोबास क्षेत्र नजिक स्टन ग्रेनेड खसालेको तथा नाबाटीह अल–फौका र कफर तेब्नित गाउँमा शङ्कास्पद वस्तु छोडेको आरोप पनि लगाइएको छ।

लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार आइतबार इजरायली युद्धक विमानले नाबाटीह र मेफादुन क्षेत्रमा हवाई आक्रमण गरेका थिए। साथै, इजरायली सेनाले मजदल जुन क्षेत्रमा सुरुङ विस्फोट गराएको र सीमावर्ती सहर खियाममा भारी मेसिनगनबाट गोली प्रहार गरेको पनि जनाइएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुर्ज कलाउइयेह क्षेत्रमा इजरायली स्टन ग्रेनेड खस्दा दुई जना सर्वसाधारण घाइते भएका छन्।

यसअघि लेबनान र इजरायलबीच अमेरिकी मध्यस्थतामा भएको पाँचौँ चरणको प्रत्यक्ष वार्तापछि जुन २६ मा वाशिङ्टनमा युद्धविरामसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। हिजबुल्लाहले पछिल्ला घटनालाई उक्त सम्झौताको उल्लङ्घन भएको दाबी गरेको छ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ६ : ४९ बजे

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको