हिजबुल्लाहको आरोप : इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गर्‍यो « Khabarhub

हिजबुल्लाहको आरोप : इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गर्‍यो


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बेरुत– हिजबुल्लाहले इजरायलले युद्धविराम सम्झौताको बारम्बार उल्लङ्घन गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिमाथि निरन्तर निगरानी भइरहेको र लेबनान तथा आफ्ना नागरिकको रक्षा गर्ने अधिकार सुरक्षित रहेको जनाएको छ।

सोमबार जारी विज्ञप्तिमा हिजबुल्लाहले दक्षिणी लेबनानको नाबाटीह र मेफादुन क्षेत्रमा रहेका आवासीय भवनमा इजरायली हवाई आक्रमण भएको तथा फ्रोन गाउँमा ड्रोन आक्रमण गरिएको दाबी गरेको छ।

विज्ञप्तिअनुसार इजरायली सेनाले तैयबेह, हद्दाथा र मजदल जुन क्षेत्रमा आवासीय भवन भत्काएको, बुर्ज कलाउइयेह र बाराचितमा नागरिक बसोबास क्षेत्र नजिक स्टन ग्रेनेड खसालेको तथा नाबाटीह अल–फौका र कफर तेब्नित गाउँमा शङ्कास्पद वस्तु छोडेको आरोप पनि लगाइएको छ।

लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार आइतबार इजरायली युद्धक विमानले नाबाटीह र मेफादुन क्षेत्रमा हवाई आक्रमण गरेका थिए। साथै, इजरायली सेनाले मजदल जुन क्षेत्रमा सुरुङ विस्फोट गराएको र सीमावर्ती सहर खियाममा भारी मेसिनगनबाट गोली प्रहार गरेको पनि जनाइएको छ।

लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार बुर्ज कलाउइयेह क्षेत्रमा इजरायली स्टन ग्रेनेड खस्दा दुई जना सर्वसाधारण घाइते भएका छन्।

यसअघि लेबनान र इजरायलबीच अमेरिकी मध्यस्थतामा भएको पाँचौँ चरणको प्रत्यक्ष वार्तापछि जुन २६ मा वाशिङ्टनमा युद्धविरामसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो। हिजबुल्लाहले पछिल्ला घटनालाई उक्त सम्झौताको उल्लङ्घन भएको दाबी गरेको छ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ६ : ४९ बजे

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको