बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो « Khabarhub

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिचालन गरेका तीनवटा सहजीकरण टोलीले आफ्नो स्थलगत प्रतिवेदन मन्त्री प्रतिभा रावलसमक्ष बुझाएका छन् ।

सहसचिवको नेतृत्वमा परिचालित टोलीहरूले स्थानीय तहको बजेट निर्माणको अवस्थाबारे स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदन बुझाउने क्रममा टोलीका नेतृत्वकर्ताहरूले मन्त्रालयको समन्वय र सहजीकरणको स्थानीय तहबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको जानकारी दिएका छन् ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्म ६१ स्थानीय तहले समयमै बजेट ल्याउन नसकेकोमा यस वर्ष उक्त संख्या घटेर २५ मा झरेको छ । यसलाई बजेट निर्माण प्रक्रियामा देखिएको सकारात्मक सुधारका रूपमा मन्त्रालयले लिएको छ ।

प्रतिवेदन बुझ्दै मन्त्री प्रतिभा रावलले असार मसान्तभित्र सबै स्थानीय तहबाट बजेट ल्याउने लक्ष्यका साथ आवश्यक समन्वय, सहजीकरण र अनुगमनलाई निरन्तरता दिइने बताए ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ८ : ३६ बजे

कांग्रेसको देउवा पक्षको १५औँ महाधिवेश प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको

लामिन यामल भन्छन्- मेसी विश्वकै सर्वोत्कृष्ट फुटबलर हुन्

काठमाडौँ – बार्सिलोनाका युवा स्टार स्ट्राइकर लामिन यामलले अर्जेन्टिनी कप्तान

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य : रुट परमिटमा पनि कडाइ

काठमाडौँ – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई

बाढी पीडितको बिलौना: “दिनभर हिलो पन्छाउँछौँ, राति सुत्न घर छैन”

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापा लत्ताकपडा, भाँडाकुँडा र