ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य « Khabarhub

फिफा विश्वकप

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू पहिलेभन्दा धेरै परिपक्व र प्रतिस्पर्धी बनेको दाबी गरेको छ। विश्वकपको अन्तिम ३२ मा हुने बहुप्रतीक्षित खेलअघि जापानी टोलीले यसपटक इतिहास बदल्ने विश्वास व्यक्त गरेको हो।

जापानका मुख्य प्रशिक्षक प्रशिक्षक हाजिमे मोरियासुले विगतमा ब्राजिल जापानका लागि निकै कठिन प्रतिद्वन्द्वी भए पनि अहिले परिस्थिति फेरिएको बताएका छन्। उनका अनुसार पछिल्लो समय जापानले विश्व फुटबलका बलिया टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो स्तर उल्लेखनीय रूपमा उकासेको छ।

जापानले सन् २०२५ अक्टोबरमा भएको मैत्रीपूर्ण खेलमा २–० ले पछि परेको अवस्था उल्टाउँदै ब्राजिललाई ३–२ ले पराजित गरेको थियो। त्यस जितले टोलीको आत्मविश्वास बढाएको भए पनि विश्वकपको नकआउट चरण फरक चुनौती भएको प्रशिक्षक मोरियासुले स्वीकार गरेका छन्।

यता पाँच पटकको विश्वविजेता ब्राजिलका प्रशिक्षक कार्लो एन्सेलोटीले जापानलाई कमजोर रूपमा नलिन बताएका छन् । उनले आफ्नो टोली मानसिक खेलभन्दा पनि मैदानभित्रको प्रदर्शनमा केन्द्रित रहने बताएका छन्।

ब्राजिलले समूह चरणमा शीर्ष स्थान हासिल गर्दै नकआउट यात्रा तय गरेको हो भने जापान समूह एफको उपविजेताका रूपमा अन्तिम ३२ मा पुगेको हो। जापानले यसअघि विश्वकपमा कहिल्यै क्वार्टरफाइनल पुग्न सकेको छैन र यसपटक त्यो इतिहास बदल्ने लक्ष्य राखेको छ।

विश्वकप इतिहासमा ब्राजिल र जापानबीचको प्रतिस्पर्धामा ब्राजिलको स्पष्ट वर्चस्व रहे पनि पछिल्ला वर्षमा जापानी टोलीको निरन्तर सुधारले यस पटकको भेटलाई निकै रोचक बनाएको विश्लेषण गरिएको छ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ९ : ३६ बजे

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

चीन र स्पेनबीच निकटता बढ्दा ईयू सदस्य राष्ट्रमा आक्रोश चर्किँदै

काठमाडौं- युरोपेली संघले चीनबाट आयात हुने विद्युतीय सवारी साधनमाथि थप