उपसभामुख ठाकुर रोपाइँमा सहभागी « Khabarhub

उपसभामुख ठाकुर रोपाइँमा सहभागी


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख रुवीकुमारी ठाकुर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलियास्थित अधियामा लिएको खेतमा किसानहरूसँग रोपाइँमा सहभागी भएकी छन् । रोपाइँपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले खाद्य सुरक्षा र खाद्य उत्पादनमा किसानको महत्त्वपूर्ण भूमिका रहेको बताइन् ।

उपसभामुख ठाकुरले समयमा रासायनिक मल, उन्नत बीउ, पर्याप्त सिँचाइ, उचित बजार तथा उत्पादनको उचित मूल्य नपाउनु चिन्ताको विषय भएको उल्लेख गरे । उनले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा किसानको जीवनस्तर उकास्ने गरी प्रभावकारी नीति तथा कार्यक्रम निर्माण आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि आफूले निरन्तर रूपमा आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरे ।

उपसभामुख ठाकुरले कृषिलाई सम्मानित, व्यावसायिक र आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा विकास गर्न राज्यका सबै निकायको समन्वयात्मक प्रयास आवश्यक रहेको बताउँदै किसानमैत्री नीति कार्यान्वयनमा जोड दिए । राष्ट्रिय धान दिवसका अवसरमा आयोजित रोपाइँ कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि तथा सर्वसाधारणको समेत सहभागिता थियो ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १० : ५१ बजे

क्षेत्रीय सुरक्षा सहकार्य सुदृढ गर्न श्रीलङ्काको जोड

काठमाडौं – श्रीलङ्काले बङ्गालको खाडी क्षेत्रमा आतङ्कवाद, लागूऔषध तस्करी, मानव

दलेर मेहन्दीको समर्थनमा अनुपम खेर र बादशाह, मन्त्रीको व्यवहारप्रति आपत्ति

काठमाडौं – भारतको उत्तराखण्डस्थित टिहरीको नरेन्द्रनगरमा आयोजित मेलामा प्रस्तुति दिने

हुलाक ठगीको आरोपमा पाकिस्तानी नागरिक पक्राउ

एजेन्सी– अमेरिकी हुलाक सेवालाई १२ करोड ६० लाख अमेरिकी डलरभन्दा

ठमेलमा विदेशी पर्यटकले पनि लगाए बडादसैँको टीका

काठमाडौँ– नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकले पनि नेपाली संस्कृति र

राष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस वर्षको