उपसभामुख ठाकुर रोपाइँमा सहभागी « Khabarhub

उपसभामुख ठाकुर रोपाइँमा सहभागी


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख रुवीकुमारी ठाकुर धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलियास्थित अधियामा लिएको खेतमा किसानहरूसँग रोपाइँमा सहभागी भएकी छन् । रोपाइँपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले खाद्य सुरक्षा र खाद्य उत्पादनमा किसानको महत्त्वपूर्ण भूमिका रहेको बताइन् ।

उपसभामुख ठाकुरले समयमा रासायनिक मल, उन्नत बीउ, पर्याप्त सिँचाइ, उचित बजार तथा उत्पादनको उचित मूल्य नपाउनु चिन्ताको विषय भएको उल्लेख गरे । उनले कृषि क्षेत्रको आधुनिकीकरण, उत्पादन वृद्धि तथा किसानको जीवनस्तर उकास्ने गरी प्रभावकारी नीति तथा कार्यक्रम निर्माण आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि आफूले निरन्तर रूपमा आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरे ।

उपसभामुख ठाकुरले कृषिलाई सम्मानित, व्यावसायिक र आत्मनिर्भर अर्थतन्त्रको आधारका रूपमा विकास गर्न राज्यका सबै निकायको समन्वयात्मक प्रयास आवश्यक रहेको बताउँदै किसानमैत्री नीति कार्यान्वयनमा जोड दिए । राष्ट्रिय धान दिवसका अवसरमा आयोजित रोपाइँ कार्यक्रममा स्थानीय किसान, जनप्रतिनिधि तथा सर्वसाधारणको समेत सहभागिता थियो ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १० : ५१ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्