ट्रम्पले गरे डब्लूएचओको बजेट कटौती « Khabarhub

ट्रम्पले गरे डब्लूएचओको बजेट कटौती


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संयुक्त राज्य अमेरिकाले खोप सम्बन्धी विश्वव्यापी संस्था ‘गाभी’का लागि ६० करोड अमेरिकी डलर निकास गर्ने घोषणा गरेको छ । यद्यपि, अमेरिकाले यसै कोषमार्फत विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पाउँदै आएको आर्थिक सहायता भने रोकिदिएको छ । राष्ट्रसंघीय निकाय डब्लूएचओका लागि यो ठूलो आर्थिक धक्का मानिएको छ ।

अमेरिकी विदेश मन्त्रालय र स्वास्थ्य तथा मानव सेवा मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, “संयुक्त राज्य अमेरिकाले गाभीमार्फत विश्व स्वास्थ्य संगठनलाई कुनै पनि अमेरिकी सरकारी रकम उपलब्ध नगराउने कुरा पुनः पुष्टि गर्दछ ।”

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले “स्वास्थ्य तथा मानव सेवा मन्त्री रोबर्ट केनेडी जुनियर र विदेश मन्त्री मार्को रुबियोलाई अमेरिकी सहयोग निरन्तरताका लागि गाभीसँग सुधारका सर्तमा वार्ता गर्न” दिएको निर्देशनअनुरूप यो निर्णय आएको विज्ञप्तिमा उल्लेख छ ।

विश्वभर खोपको पहुँच विस्तार गर्ने यो विश्वव्यापी कार्यक्रममा अमेरिकी सहयोग पुनः निरन्तरता दिन पहल गर्दै आएकी अमेरिकी रिपब्लिकन सिनेटर सुसान कोलिन्सले सरकारको यो निर्णयको स्वागत गरेकी छन् । विदेश मन्त्रालयका अनुसार गाभीले आफ्नो सञ्चालक समिति र साझेदार देशहरूसँग मिलेर पारो (मर्करी) युक्त खोपहरूलाई पारोरहित खोपले विस्थापित गर्ने दिशामा काम गर्न सहमति जनाएको छ ।

ट्रम्प प्रशासनको डब्लूएचओप्रतिको यो कदम पुरानै तिक्तताको निरन्तरता हो । सन् २०२० मा आफ्नो पहिलो कार्यकालका क्रममा ट्रम्पले कोरोना भाइरस महामारीको व्यवस्थापनमा डब्लूएचओ चुकेको र चीनको “भ्रामक सूचना” लाई प्रश्रय दिएको आरोप लगाउँदै बजेट रोक्न निर्देशन दिएका थिए । त्यसबेला अमेरिका डब्लूएचओको सबैभन्दा ठूलो दाता थियो, जसले सन् २०१९ मा उक्त संस्थाको कूल बजेटको करिब १५ प्रतिशत अर्थात् ४० करोड डलरभन्दा बढी योगदान गरेको थियो ।

डब्लूएचओको यो कोष विशेष गरी पोलियो, क्षयरोग, एचआईभी, औलो (मलेरिया), दादुरा जस्ता रोगहरूको रोकथाम र उपचारका साथै कमजोर स्वास्थ्य प्रणाली भएका देशहरूलाई सहयोग गर्न प्रयोग हुन्छ । यसका साथै, डब्लूएचओले गाजा, सुडान, कङ्गो लगायतका द्वन्द्वग्रस्त क्षेत्रहरूमा स्वास्थ्य आपतकालको सामना गर्न पनि सहयोग पुर्‍याउँदै आएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ६ : ५३ बजे

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ