मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन « Khabarhub

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन गरेसँगै स्थानीयहरुलाई निजी प्रयोगशालाको भन्दा न्यूनतम शुल्कमा स्वास्थ्य परीक्षण गराउन सहज भएको छ ।

बोलपत्र प्रक्रियामार्फत औषधि तथा केमिकल खरिद भएसँगै प्रयोगशालाले केही महिनादेखि पुनः पूर्ण क्षमतामा स्वास्थ्य परीक्षण सेवा थालेको हो । मधेस प्रदेश सरकारद्वारा सञ्चालित सो प्रयोगशालाबाट अहिले निजी क्षेत्रका प्रयोगशालाभन्दा न्यूनतम शुल्कमा दैनिक पाँच सयभन्दा बढी व्यक्तिले स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । मधेस प्रदेश स्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक डा. नागेन्द्र यादवका अनुसार प्रयोगशालाले विभिन्न २५६ प्रकारको परीक्षण सेवा सञ्चालन गर्दै आएको छ ।

गत २०७८ साल कात्तिक १५ गते स्थापना भएको प्रयोगशालाले मधेस प्रदेशका आठ वटै जिल्लाको १३६ पालिकामा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गरी स्वास्थ्य परीक्षण सेवा दिँदै आएको निर्देशक डा. यादवले बताए ।

प्रयोगशालाको जनकपुरधामस्थित प्रयोगशाला र विभिन्न पालिकाहरुमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालाहरुबाट आर्थिक वर्ष २०८२–८३ मा मात्र आठ लाख ५५ हजार ५८२ जनाको स्वास्थ्य परीक्षण गरिएको निर्देशक डा. यादवले जानकारी दिए ।

उनका अनुसार सो अवधिमा जनकपुरधामस्थित प्रयोशालाबाट दुई लाख तीन हजार ५८७ र स्थानीय तहरुमा सञ्चालित जनस्वास्थ्य प्रयोशालाबाट छ लाख ५१ हजार ९९५ जनाको स्वास्थ्य जाँच गरिएको छ ।

सो प्रयोगशालाले आव २०८२–८३ मा स्वास्थ्य परीक्षणबाट चार करोड ७६ लाख ५२ हजार ८७ राजस्व सङ्कलन गरेको छ । निर्देशक डा. यादवका अनुसार जनकपुरधामस्थित प्रयोशलामा गरिएको स्वास्थ्य परीक्षणबाट दुई करोड ७५ लाख ५२ हजार ५२२ र स्थानीय तहमा सञ्चालित जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वास्थ्य परीक्षणबाट दुई करोड ९९ हजार ५६५ गरी चार करोड ७६ लाख ५२ हजार ८७ राजस्व सङ्कलन भएको छ ।

प्रयोगशालाले ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुलाई शुल्कको ९० प्रतिशत र आपाङ्ता भएका व्यक्तिहरुलाई ५० प्रतिशत छुटमा स्वास्थ्य परीक्षण गरिरहेको जनाएको छ । हाल सञ्चालनमा ल्याइएको इन्टिग्रेटेड’ सेवा प्रणालीले सेवाग्राहीलाई एउटै स्थानबाट विभिन्न प्रकारका स्वास्थ्य परीक्षण गराउने सुविधा दिएको छ । नेपालका धेरै सरकारी स्वास्थ्य संस्थामा बिरामीले विभिन्न शाखा धाउनुपर्ने अवस्था रहँदै आएको सन्दर्भमा यस्तो व्यवस्था सेवामैत्री सुधारको उदाहरण भएको स्थानीयहरुको भनाइ छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ७ : ४४ बजे

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो

विदेशी नागरिकलाई कुटपिट गर्ने दुईजना पक्राउ

काठमाडौँ– विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले