इरानका १० भन्दा बढी सहरमा अमेरिकी हवाई हमला, केश्ममा दम्पती र २ वर्षीय नाबालक मारिए « Khabarhub

इरानका १० भन्दा बढी सहरमा अमेरिकी हवाई हमला, केश्ममा दम्पती र २ वर्षीय नाबालक मारिए


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकाले बिहीबार बिहान इरानका १० भन्दा बढी सहरमा हवाई आक्रमण गरेको छ। इरानी सञ्चारमाध्यमका अनुसार केश्म, किश, काजेरून, अहवाज, अबादान, शादेगान, अरवन्दकेनार, बुशेहर, जाम र खोरमोजलाई निशाना बनाइएको हो।

केश्म द्वीपस्थित एक आवासीय भवनमा भएको आक्रमणमा एक दम्पती र उनीहरूका दुई वर्षीय बालकको मृत्यु भएको छ। परिवारका अन्य दुई बालबालिका घाइते भएका छन्।

अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकोम) ले इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईरजीसी) का दर्जनौँ सैन्य अखडामा आक्रमण गरिएको जनाएको छ। तीमध्ये कमाण्ड सेन्टर, मिसाइल तथा ड्रोन सुविधा, तटीय निगरानी र रक्षा केन्द्र तथा समुद्री सैन्य संरचनाहरू रहेका छन्।

आक्रमणअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामाथि मिसाइल आक्रमण गर्ने प्रयास भएको दाबी गरेका थिए। उनले भनेका थिए, ‘उनीहरूले आक्रमण गर्ने प्रयास गरे, अब हाम्रो पालो हो।’

सेन्टकोमले इरानमाथिको आफ्नो सैन्य कारबाही सम्पन्न भएको जनाएको छ। आक्रमणमा आईआरजीसीका कमाण्ड सेन्टर, मिसाइल तथा ड्रोन अड्डा, तटीय रक्षा केन्द्र र समुद्री सैन्य क्षमतासँग सम्बन्धित विभिन्न संरचनालाई निशाना बनाइएको छ।

सेन्टकोमका अनुसार यी कारबाहीको उद्देश्य अमेरिकी सैनिक, व्यापारिक जहाज तथा खाडी क्षेत्रका सहयोगी मुलुकमाथि रहेको सुरक्षा जोखिम कम गर्नु रहेको छ।

सेन्टकोमले सामाजिक सञ्जाल एक्समार्फत भारतीय समयअनुसार बिहीबार बिहान ५:३० बजे इरानविरुद्ध सैन्य कारबाही सुरु गरिएको जानकारी दिएको थियो।

मध्यपूर्वमा तैनाथ अमेरिकी सैनिक तथा सैन्य अड्डामाथि एक दिनअघि भएको आक्रमण प्रयासको जवाफस्वरूप यो शक्तिशाली सैन्य कारबाही गरिएको हो।

केश्ममा एउटै परिवार उजाडियो

इरानको केश्म द्वीपमा भएको अमेरिकी आक्रमणमा एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ। फार्स समाचार एजेन्सीका अनुसार एक दम्पती र उनीहरूको दुई वर्षीय बालकको ज्यान गएको हो।

सात र नौ वर्ष उमेरका अन्य दुई बालबालिका घाइते भएका छन्। उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।

अमेरिकी आक्रमणको प्रभाव कति ?

१. दबाब सिर्जना गर्ने प्रयास मात्र

मध्यपूर्व मामिलाका विज्ञ रायन बोलका अनुसार अमेरिका हाल इरानको सैन्य क्षमता ध्वस्त पार्नेभन्दा पनि उसमाथि दबाब र मनोवैज्ञानिक प्रभाव पार्ने रणनीतिमा केन्द्रित छ।

२. लगातार आक्रमण, तर प्रभाव सीमित

निरन्तर हवाई आक्रमणले होर्मुज जलडमरूमध्यमा इरानले गरेको नाकाबन्दी कमजोर पार्न सक्ने अमेरिकी विश्वास छ। तर विज्ञहरू यसमा निश्चितता नरहेको बताउँछन्।

३. इरान पहिल्यै तयार

इरानले आफ्ना हतियार र सैन्य संरचनाहरू विभिन्न स्थानमा फैलाएर राखेकाले केही हवाई आक्रमणबाट ठूलो क्षति पुर्‍याउन कठिन हुने विश्लेषण गरिएको छ।

४. ठूलो असरका लागि लामो युद्ध चाहिने

यदि अमेरिका वास्तवमै इरानको सैन्य क्षमता कमजोर बनाउन चाहेमा लामो समयसम्म धेरै सैन्य लक्ष्यमा व्यापक आक्रमण गर्नुपर्ने विज्ञहरूको भनाइ छ। हालका आक्रमण त्यस स्तरका नरहेको उनीहरूको विश्लेषण छ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  १ : २२ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर