फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो « Khabarhub

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको व्यावसायिक सम्पत्ति व्यवस्थापनका लागि प्रस्ताव गरिएको नयाँ सहायक कम्पनी फुटबलको विकासलाई तीव्र गति दिने अवसर मात्र भएको तर कुनै सदस्य राष्ट्रका लागि बाध्यकारी व्यवस्था नभएको बताएका छन् । यस योजनामाथि विश्व फुटबलमा चर्को आलोचना भइरहेका बेला उनले त्यसको बचाउ गरेका हुन् ।

भिडियो सन्देशमार्फत इन्फान्टिनोले फिफा फरवार्ड इन्टरप्राइज (एफएफई) गठनको उद्देश्य फुटबलबाट सिर्जना हुने व्यावसायिक मूल्यलाई अझ प्रभावकारी रूपमा उपयोग गरी विश्वभरका सदस्य सङ्घसम्म त्यसको लाभ पुर्‍याउनु रहेको बताए । 

उनका अनुसार यो प्रस्ताव फिफाको लोकतान्त्रिक निर्णय प्रक्रियाअन्तर्गत सदस्य सङ्घहरूको मतदान र ३८ सदस्यीय फिफा परिषद्को अनुमोदनपछि मात्र कार्यान्वयन हुनेछ ।

फिफाले मङ्गलबार एफएफईमा आफ्नो बहुमत स्वामित्व कायम राख्दै अल्पमत हिस्सेदारी दीर्घकालीन लगानीकर्तालाई बिक्री गरेर करिब चार अर्ब २० करोड अमेरिकी डलर जुटाउने योजना सार्वजनिक गरेको थियो । 

विभिन्न सञ्चारमाध्यमका अनुसार इन्फान्टिनोले सदस्य सङ्घहरूलाई पठाएको पत्रमा योजना स्वीकृत भए प्रत्येक सदस्य सङ्घले चार करोड अमेरिकी डलर प्राप्त गर्ने उल्लेख गरिएको छ । यसका लागि सेप्टेम्बर १९ भित्र सहमति जनाउनुपर्ने जनाइएको छ ।

इन्फान्टिनोले फिफाका २११ सदस्य सङ्घको हितलाई केन्द्रमा राखेर प्रायोजन, प्रसारण अधिकार, इजाजतपत्र तथा अन्य व्यावसायिक गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्यले एफएफई स्थापना गर्न लागिएको बताए । 

उनका अनुसार यसले फुटबलको सञ्चालन, प्रतियोगिता, खेल तालिका वा खेलसम्बन्धी नियामक अधिकारमा कुनै परिवर्तन ल्याउने छैन ।

उनले यस योजनाबाट विश्वभरका फुटबल समर्थक र सदस्य राष्ट्रले प्रत्यक्ष लाभ पाउने दाबी गर्दै खेलको व्यावसायिक सम्भावनालाई अझ प्रभावकारी रूपमा उपयोग गर्न अतिरिक्त विशेषज्ञता आवश्यक रहेको उल्लेख गरे ।

यद्यपि योजनाले युरोपेली फुटबल सङ्घ (युइएफए), उत्तर तथा मध्य अमेरिकी फुटबल महासङ्घ (कनकाकाफ) र एसियाली फुटबल महासङ्घ (एएफसी) लगायतका संस्थाबाट तीव्र आलोचना खेपिरहेको छ ।

युइएफएले फुटबलको शासन र यसको व्यावसायिक अधिकार बिक्रीका वस्तु नभएको टिप्पणी गर्दै योजनाले ‘स्वीकार्य सीमाना पार गरेको’ जनाएको छ । युरोपेली सङ्घ (इयु) का खेलकुद आयुक्त ग्लेन मिकालेफले सामाजिक सञ्जालमार्फत ‘हाम्रो खेललाई एक्लै छोड’ भन्ने प्रतिक्रिया दिएका छन्  ।

कनकाकाफले पर्याप्त परामर्शबिनै योजना अघि बढाइएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ भने एएफसीले पनि आफूहरूसँग आवश्यक छलफल नगरिएकोमा असन्तुष्टि जनाएको छ ।

फिफाले भने एफएफईमाथि आफ्नो पूर्ण नियन्त्रण कायम रहने र प्रतियोगिता सञ्चालन, फुटबल प्रशासन तथा खेलसम्बन्धी सबै निर्णय गर्ने अधिकार फिफामै रहने स्पष्ट पारेको छ । संस्थाले एफएफईको प्रारम्भिक बजार मूल्य करिब २० अर्ब अमेरिकी डलर हुने विश्वास व्यक्त गरेको छ ।

योजनाअनुसार प्रत्येक सदस्य सङ्घलाई एफएफईमा दुई करोड अमेरिकी डलर बराबरको एकपटकका लागि हिस्सेदारी खरिद गर्ने अवसर दिइनेछ । यो कुल स्वामित्वको शून्य दशमलव एक प्रतिशत मात्र भए पनि आर्थिक रूपमा कमजोर सदस्य सङ्घका लागि महत्त्वपूर्ण अवसर हुन सक्ने फिफाको भनाइ छ ।

यसैबीच, केही सञ्चारमाध्यमले इन्फान्टिनोले सन् २०३१ मा अध्यक्ष पद छाडेपछि एफएफईको नेतृत्व सम्हाल्न सक्ने सम्भावनाबारे चर्चा भएको उल्लेख गरेका छन् । फिफाले भने त्यस्तो कुनै छलफल नभएको स्पष्ट पारेको छ ।

समाचारअनुसार सम्भावित लगानीकर्तामध्ये अमेरिकी लगानी कम्पनी थ्राइभ क्यापिटल र अमेरिकी बैंक जेपी मोर्गन चेजसँग सम्बद्ध संस्था पनि रहेका छन् । यसअघि सन् २०१९ मा निजी लगानीमार्फत विस्तारित क्लब विश्वकप सञ्चालन गर्ने समान प्रस्ताव फिफाको सरोकार समितिले अस्वीकार गरेको थियो ।

फिफाले सन् २०२५ देखि क्लब विश्वकपलाई सात टोलीबाट विस्तार गरी ३२ टोली सहभागी हुने बनाइसकेको छ । साथै ४८ टोली सहभागी भएको पछिल्लो विश्वकपपछि प्रतियोगितालाई भविष्यमा ६४ टोलीसम्म विस्तार गर्ने विषयमा पनि छलफल भइरहेको छ । रासस
 

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  २ : ४१ बजे

सुनसरी घटनाबारे पूर्वराजाले भने : सबै नेपाली मिलौँ, अहिलेको आवश्यकता यही हो

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहदेवले सुनसरीमा भएको साम्प्रदायिक तनावप्रति दुःख

सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, अन्य केही गम्भीर घाइते

काठमाडौं- कर्फ्यु आदेश जारी भएपछि पनि तनाव चुलिएका बेला सिरहाको गोलबजारमा

मनिष झाले आफ्नै सरकारको आलोचना गर्दै भने : सुरक्षा संवेदनशीलतालाई सम्बोधन गर्न सकेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले सुरक्षा संवेदनशीलतालाई संघीय

मेगा बजेट फिल्म ‘रामायण’को ट्रेलर सार्वजनिक, राम–रावण बनेका रणवीर-यशको टकराव

काठमाडौं – मेगा बजेटका कारण चर्चामा रहेको नायक रणवीर कपुर

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका