हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण « Khabarhub

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका नागरिकको आर्थिक सशक्तीकरण गर्दै स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न सहायता सामग्री वितरण गरेको छ ।

यहाँ आयोजित एक कार्यक्रमका बीचमा गाउँपालिकाले अपाङ्गता भएका तथा विपन्न समुदायका लाभग्राहीलाई तीन थान ठेला र आठ थान सिलाइ मेसिन वितरण गरेको हो । 

त्यसैगरी, दलित समुदायका लागि परम्परागत आरन व्यवसाय सञ्चालन तथा प्रवर्द्धन गर्न आवश्यक सामग्री सात थान हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले जानकारी दिए । उनका अनुसार विद्यालय जाने विद्यार्थीको आवतजावत सहज बनाउन १७ थान साइकलसमेत वितरण गरिएको छ ।

साइकल र सिलाइ मेसिन कोशी प्रदेशको सामाजिक विकास मन्त्रालय, हल्दीबारी गाउँपालिका र करुणा फाउन्डेसनको संयुक्त लागत साझेदारीमा वितरण गरिएको अध्यक्ष लिङ्देनले बताए । 

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य गोपाल गजमेर, गाउँपालिकाका अध्यक्ष लिङ्देन, उपाध्यक्ष लक्ष्मी मैनालीलगायतले सामग्री हस्तान्तरण गरेका थिए । 

गाउँपालिका अध्यक्ष लिङ्देनले लक्षित वर्गको आवश्यकता र सम्भावनालाई ध्यानमा राखेर स्थानीय सरकारले आयआर्जनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको जनाउँदै सहायता सामग्रीलाई राहतभन्दा पनि आर्थिक गतिविधिमा जोड्ने माध्यमका रूपमा लिइएको बताए । 

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ३ : ४३ बजे

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व