सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह « Khabarhub

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला घटनाक्रमप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयम अपनाउन र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।

बुधबार विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति भण्डारीले सुनसरी लगायत देशका केही स्थानमा उत्पन्न सामुदायिक तनाव र हिंसात्मक घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्।

उनले सद्भाव र एकताको महत्व बुझाउँदै नेपाल बहुजातीय, बहुभाषिक र बहुधार्मिक मुलुक भएको स्मरण गराउँदै शताब्दीऔँदेखिको आपसी सद्भाव, सहिष्णुता र सहअस्तित्वलाई कुनै पनि परिस्थितिमा कमजोर हुन नदिन आग्रह गरेकी छन् ।

अफवाह र घृणा फैलाउने कार्यको विरोध गरी उनले सम्पूर्ण नागरिकलाई उच्च संयम अपनाउन तथा अफवाह, घृणात्मक अभिव्यक्ति र सामाजिक सद्भाव खलबल्याउने गतिविधिहरूबाट टाढा रहन विशेष आग्रह गरेकी छन्।

उनले घटनाको निष्पक्ष छानबिनको माग गर्दै सरकार, प्रशासनिक निकाय र सुरक्षा क्षेत्रलाई घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन र प्रभावित क्षेत्रमा शान्ति-सुरक्षा पुनर्बहाली गर्न आह्वान गरेकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले राजनीतिक दल, नागरिक समाज, धार्मिक तथा सामाजिक अगुवा र सञ्चारमाध्यमहरूलाई राष्ट्रिय एकता, सामाजिक न्याय र शान्तिपूर्ण सहअस्तित्वको संरक्षणका लागि आ-आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्न हार्दिक आह्वान गरेकी छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ४ : ३८ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।