सुनसरी घटनाको पाँच दिनपछि देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री « Khabarhub

सुनसरी घटनाको पाँच दिनपछि देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा तनाव सुरू भएको पाँच दिनपछि बल्ल बिहीबार अपराह्न देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।

सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच दिनपछि गृहमन्त्री सुधन गुरूङलाई त्यता पठाएर बालेनले देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । सुधनसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि त्यता जाँदैछिन् ।

यसअघि बुधबार मात्रै सामाजिक सञ्जालमा लेखेर सुनसरी घटनाका दोषीलाई कारबाही गर्ने उनले बताएका थिए ।

उनले त्यसबेला उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए। तर अहिलेसम्म सरकारले क्षतिपूर्ति घोषणा गरेको छैन ।

बालेनले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भावित परिवारको पीडा सरकारले महसुस गरेको उल्लेख गर्दै उनले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका थिए । अब उनको टेलिभिजन सम्बोधन पनि आउन लागेको हो।


प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ५ : ०७ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा