अझै सुरु हुन सकेन प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन « Khabarhub

अझै सुरु हुन सकेन प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन अझै सुरु हुन सकेको छैन । यसअघि बिहीबार बेलुकी ६.३० मा प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको थियो ।

तर सवा सात बज्दासमेत प्रधानमन्त्री शाहले सम्बोधन गर्ने लक्षण देखाएका छैनन् । सुनसरीमा तनाव सुरू भएको पाँच दिनपछि शाहले देशबासीका नाममा सम्बोधन गर्ने निर्णय गरेका थिए ।

सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच दिनपछि गृहमन्त्री सुधन गुरूङलाई त्यता पठाएर बालेनले देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

यसअघि बुधबार मात्रै सामाजिक सञ्जालमा लेखेर सुनसरी घटनाका दोषीलाई कारबाही गर्ने उनले बताएका थिए ।

उनले त्यसबेला उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए। तर अहिलेसम्म सरकारले क्षतिपूर्ति घोषणा गरेको छैन ।

बालेनले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भावित परिवारको पीडा सरकारले महसुस गरेको उल्लेख गर्दै उनले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका थिए । अब उनको टेलिभिजन सम्बोधन पनि आउन लागेको हो।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ७ : १९ बजे

दाउन्ने बस दुर्घटनामा मृत्यु भएका छ जनाकै सनाखत

नवलपुर- पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

बागलुङ– बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ

मानवीय सङ्कटमा परेका १२ देशलाई संयुक्त राष्ट्रसङ्घको १६ करोड डलर सहयोग

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय संकट सामना गरिरहेका १२ देश

कालीगण्डकी कोरिडोर : बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

म्याग्दी– गत साताको वर्षापछिको बाढीपहिरोका कारण अवरुद्ध बनेको चीन र

साउदी अरबमा ब्यालिस्टिक क्षेप्यास्त्रको भग्नावशेष खस्दा एक जना घाइते

एजेन्सी– साउदी अरबको दक्षिणी क्षेत्रमा रहेको असीर क्षेत्रमा रोकिएको ब्यालिस्टिक