अझै सुरु हुन सकेन प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन « Khabarhub

अझै सुरु हुन सकेन प्रधानमन्त्री शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रका नाममा गर्ने भनिएको सम्बोधन अझै सुरु हुन सकेको छैन । यसअघि बिहीबार बेलुकी ६.३० मा प्रधानमन्त्री शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने तय भएको थियो ।

तर सवा सात बज्दासमेत प्रधानमन्त्री शाहले सम्बोधन गर्ने लक्षण देखाएका छैनन् । सुनसरीमा तनाव सुरू भएको पाँच दिनपछि शाहले देशबासीका नाममा सम्बोधन गर्ने निर्णय गरेका थिए ।

सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच दिनपछि गृहमन्त्री सुधन गुरूङलाई त्यता पठाएर बालेनले देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

यसअघि बुधबार मात्रै सामाजिक सञ्जालमा लेखेर सुनसरी घटनाका दोषीलाई कारबाही गर्ने उनले बताएका थिए ।

उनले त्यसबेला उक्त घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएका थिए। तर अहिलेसम्म सरकारले क्षतिपूर्ति घोषणा गरेको छैन ।

बालेनले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भावित परिवारको पीडा सरकारले महसुस गरेको उल्लेख गर्दै उनले न्याय र क्षतिपूर्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताएका थिए । अब उनको टेलिभिजन सम्बोधन पनि आउन लागेको हो।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ७ : १९ बजे

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा