सुर्खेतमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

सुर्खेतमा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

कर्णाली– सुर्खेत वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले वीरेन्द्रनगर नगरपालिका-११ सुर्खेतका ६० वर्षीय रत्न विकको मृत्यु भएको जानकारी दिए । 

विकलाई सोही वडाको धुलियाबिट नजिकै भित्री सडक खण्डमा कप्र ०२००१ स १०९४ नं को अटोले आज बिहान ठक्कर दिएको थियो । 

अटोको ठक्करले टाउको र ढाडमा चोट लागेका उनलाई उपचारका लागि कर्णाली केयर सुर्खेतमा लगिएको थियो । 

त्यहाँ नसकेर नेपालगञ्ज नर्सिङहोम र त्यहाँबाट पनि भारतको लखनउ सिटी अस्पतालमा पठाइएको थियो । 

लखनउ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोहाराले बताए । 

उनका अनुसार चालक २३ वर्षीय राजु सुनार र अटो प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ । 
 

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ७ : ५३ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा