चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि « Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा यस वर्ष उक्त सङ्ख्या बढेर १४५ पुगेको छ । सङ्ख्या बढ्दै जाँदा निकुञ्ज र मध्यवर्ती क्षेत्रका बासिन्दालाई चुनौती थपिएको छ ।

सङ्ख्या बढेसँगै बाघ बस्तीतर्फ आउने र मानवीय आक्रमण हुनसक्ने चिन्ता थपिएको छ । यसरी मानव बस्तीमा आउने समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिएर खोरमा राख्ने गरिएको छ । पूर्ववत् अवस्थामा फर्किन सक्नेलाई पुनः जङ्गलमा छोडिन्छ भने कतिपय बुढो भएर खोरमा मर्ने अवस्था आउने निकुञ्ज प्रशासनले जनाएको छ । 

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जमा अहिले चार भाले र दुई पोथी गरी छ वटा बाघ खोरमा छन् । मुख्यालय कसरामा दुई, भरतपुरको देवनगरमा दुई र सौराहामा दुई वटा बाघ खोरमा रहेका उनले जानकारी दिए । 

‘तिनीहरूलाई उद्धार गरेर खोरमा राखिएको हो । अधिकांश नरभक्षी बनेपछि निकुञ्जले नियन्त्रणमा लिएको हो । एउटा बाँकेबाट ल्याइएको हो भने अन्य चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर राखिएको हो’, उनले भने ।

निकुञ्जमा थप बाघ राख्नका लागि खोर बाँकी नरहेको बताउँदै सूचना अधिकारी थापामगरले एउटा पुरानो जीर्ण खोरमात्र बाँकी रहेकाले उक्त खोरमा बाघ राख्न मिल्ने अवस्था नरहेको उल्लेख गरे ।

यो खोरलाई मर्मत गरेर तयारी अवस्थामा राख्नुपर्ने भन्दै उनले थप समस्याग्रस्त बाघ आएमा राख्ने ठाउँ व्यवस्थापनमा समस्या हुने जानकारी दिए ।
 
घाइते र समस्याग्रस्त वन्यजन्तु राख्न निकुञ्जले देवनगरमा ठाउँ बनाएको छ । खुला चिडियाखानाका रूपमा विकास गरेर घाइते र नरभक्षी बाघ, गैँडा, हात्तीलगायत वन्यजन्तुलाई त्यहाँ राख्ने तयारी गरिएको सूचना अधिकारी थापामगरले बताए । 

यहाँ रहेका दुई वटा बाघ निकुञ्ज घुम्न आउने पर्यटक र अन्य स्थानीय हेर्न आउने गर्दछन् । निकुञ्जले अहिले खोरमा राखिएका प्रत्येक बाघलाई दैनिक पाँच किलो मासु खुवाउँदै आएको छ ।
 

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ७ : ५७ बजे

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच

सुनसरी घटनाप्रति राजेश हमालको चिन्ता, सामाजिक सद्भाव कायम राख्न अपिल

काठमाडाैं – महानायक राजेश हमालले सुनसरीमा भएको दुःखद घटनाप्रति गहिरो