मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु « Khabarhub

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड तोड्ने गर्मीका श्रृङ्खलाले इङ्ल्यान्डमा अनुमानित दुई हजार ८७७ अतिरिक्त मृत्यु गराएको ‘युके हेल्थ सेकुरिटी एजेन्सी’ले बुधबार बताएको छ ।

यो अनुमानित आँकडा सन् २०२५ को सम्पूर्ण गर्मी याममा गर्मीका कारण भएका कूल मृत्यु एक हजार ५०४ भन्दा झण्डै दोब्बर हो र यसले ‘सार्वजनिक स्वास्थ्यमा ठूलो प्रभाव’ पारेको एजेन्सीले जनाएको छ ।

‘यी आँकडाले धेरै तातो मौसमले मानिसको स्वास्थ्यमा पार्न सक्ने गम्भीर खतरा देखाउँछन्,’ एजेन्सीका प्रमुख तथा वातावरणीय सार्वजनिक स्वास्थ्य वैज्ञानिक रस थम्पसनले भने ।

स्वास्थ्य मन्त्री इभेट कूपरले भने, ‘संयुक्त अधिराज्यमा जाडोमा बिरामी हुने दर उच्च हुने गरेको थियो, तर अब हामी गर्मीको तापले हजारौँ मानिसको स्वास्थ्यमा बढ्दो गम्भीर प्रभाव पारिरहेको देखिरहेका छौँ ।’

पछिल्लो आँकडाले जुलाई महिनालाई समेटेको छैन, जसमा पनि लामो गर्मी लहर चलेको छ । एजेन्सीले भनेको छ, ‘गर्मी यामको कुल मृत्यु ‘धेरै उच्च हुने सम्भावना’ देखिएको छ।’

‘अनुमानित तथ्याङ्कका आधारमा सन् २०२६ मा तापसँग सम्बन्धित मृत्युको सङ्ख्या रेकर्डमा सबैभन्दा उच्च हुन सक्छ,’ एजेन्सीले भन्यो।

अतिरिक्त मृत्युको आँकडा तापक्रम २० डिग्री सेल्सियसभन्दा माथि गएका दिनको औसत मृत्यु सङ्ख्या र चिसो दिनको औसत मृत्यु सङ्ख्या तुलना गरेर निकालिन्छ। मे महिनामा ७५३ अतिरिक्त मृत्यु भएपछि जुनमा गर्मीजन्य थप खतराका चेतावनी जारी भएको थियो र जुनमा मात्र दुई हजार १२४ अतिरिक्त व्यक्तिको गर्मीजन्य समस्याका कारण मृत्यु भएको थियो ।

एजेन्सीले समुदाय र सेवाहरूले गर्मी यामको चरम अवस्थामा मात्र होइन, सुरुवातदेखि नै तातो मौसमका लागि तयारी गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।सम्पूर्ण गर्मी यामको मृत्युले सन् २०२२ मा रेकर्ड कायम गरेको थियो अर्थात् तापसँग सम्बन्धित दुई हजार ९८५ जनाको मृत्यु दर्ता भएका थिए।

सरकारलाई जलवायु परिवर्तनबारे सल्लाह दिने निकाय जलवायु परिवर्तन समिति ९सीसीसी० ले गत वर्ष बेलायत जलवायु परिवर्तनका परिणाम सामना गर्न ‘तयार छैन’ भनी चेतावनी दिएको थियो।

मे महिनामा प्रकाशित एक प्रतिवेदनमा यसले सन् २०५० सम्ममा बेलायती घरहरूको ९२ प्रतिशत अत्यधिक तातो हुन सक्ने अनुमान गरेको छ र सरकारलाई कार्यस्थलमा अधिकतम तापक्रम सीमा तोक्न तथा अस्पताल र विद्यालयजस्ता सार्वजनिक भवनहरूमा एयर कन्डिसनिङमा लगानी गर्न सिफारिस गरेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ८ : २५ बजे

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका