सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह « Khabarhub

सामाजिक सद्भाव कायम राख्न पर्सा प्रशासनको आग्रह


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

पर्सा – पर्सा जिल्ला प्रशासन कार्यालयले देशका विभिन्न जिल्लामा पछिल्लो समय विकसित प्रदर्शन, विरोध तथा त्यसबाट उत्पन्न संवेदनशील परिस्थितिलाई दृष्टिगत गर्दै जिल्लावासीका नाममा सार्वजनिक अपिल जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलमा पर्सा ऐतिहासिक रूपमा बहुजातीय, बहुधार्मिक तथा सामाजिक सद्भावको केन्द्र रहेकाले सबै समुदायबीच आपसी विश्वास, सम्मान र सहिष्णुता कायम राख्न आग्रह गरिएको छ।

प्रशासनले हालको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै लागू गरिएको निषेधाज्ञाको पूर्ण रूपमा पालना गर्न सबै नागरिकलाई अनुरोध गरेको छ। जारी निषेधाज्ञा १५ गते बिहान ६ बजेसम्म कायम रहने उल्लेख गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, भेला, जुलुस तथा प्रदर्शन नगर्न आग्रह गरिएको छ।

त्यस्तै, सामाजिक सञ्जालमार्फत धार्मिक वा सामाजिक द्वेष फैलाउने, उत्तेजना बढाउने वा शान्ति–सुरक्षामा असर पुग्ने किसिमका समाचार, अफवाह, फोटो तथा भिडियो पोस्ट, शेयर वा टिप्पणी नगर्न प्रशासनले चेतावनी दिएको छ। यस्ता गतिविधिमा संलग्न पाइए प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने स्पष्ट पारिएको छ।

जिल्ला प्रशासन कार्यालयले कुनै पनि विवाद वा असहमतिको समाधान कानुनी प्रक्रिया र शान्तिपूर्ण संवादमार्फत गर्न आग्रह गर्दै कानुन हातमा नलिन, सार्वजनिक सम्पत्तिमा क्षति नपुर्‍याउन तथा शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायलाई आवश्यक सहयोग गर्न सबै नागरिकसँग अपिल गरेको छ।

प्रशासनले विविधतामा एकता नै पर्साको पहिचान र शक्ति भएको उल्लेख गर्दै सबै पक्षलाई संयम, जिम्मेवारी र आपसी सद्भाव कायम राख्दै जिल्लाको शान्ति, सुरक्षा र सामाजिक सद्भाव संरक्षणमा सहयोग गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ८ : ३५ बजे

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका