सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री « Khabarhub

सुनसरी घटनाको निष्पक्ष छानबिन हुन्छ, दोषीले उन्मुक्ति पाउँदैनन् : प्रधानमन्त्री


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री बालेन शाहले सुनसरीसहित मधेशका विभिन्न जिल्लामा भएका घटनाको अनुसन्धान निष्पक्ष, पारदर्शी र कानुनअनुसार अघि बढाइने बताएका छन् । घटनामा संलग्न जोसुकै भए पनि कानुनी कारबाहीबाट उम्किन नदिने सरकारको स्पष्ट प्रतिबद्धता रहेको उनले बताएका छन् ।

बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले पछिल्ला घटनाले सिर्जना गरेको तनावप्रति सरकार गम्भीर रहेको उल्लेख गरे । उनले अनुसन्धान प्रक्रियामा कुनै पनि प्रकारको पक्षपात नहुने विश्वास दिलाउँदै सत्यतथ्य बाहिर ल्याइने बताए।

‘म विश्वास दिलाउन चाहन्छु, यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ,’ प्रधानमन्त्री शाहले सम्बोधनका क्रममा भने।

प्रधानमन्त्री शाहले वर्तमान परिस्थितिमा सबै नागरिकले संयमता अपनाउनु आवश्यक रहेको पनि उल्लेख गरे। सामाजिक सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए।

उनले देशमा देखिएको असहज अवस्थाको अन्त्यका लागि सरकार मात्र होइन, सम्पूर्ण नागरिकको समान भूमिका आवश्यक रहेको बताए। ‘हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ,’ उनले भने।

प्रधानमन्त्रीको भनाइले सरकार शान्ति–सुरक्षा कायम राख्न, घटनाको सत्यतथ्य सार्वजनिक गर्न तथा कानुनी शासनको प्रत्याभूति दिलाउन प्रतिबद्ध रहेको सन्देश दिएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ८ : ५० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।