कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल « Khabarhub

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको विभिन्न स्थानमा पछिल्ला केही दिनदेखि देखिएको तनावपूर्ण घटनाक्रमले चिन्तित तुल्याएको उल्लेख गर्दै शान्ति, सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल गरेका छन् ।

नेता आङ्देम्बेले आज एक विज्ञप्तिमार्फत सुनसरीको देवानगञ्ज नगरपालिका–३ कप्तानगञ्जदेखि फैलिएको तनाव सिरहाको गोलबजार, धनुषाको जनकपुर हुँदै पर्साको वीरगञ्जसम्मै फैलिएको र यसबीचमा तीन नागरिकले ज्यान गुमाएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

“नेपाल विविध धर्म, भाषा, संस्कृति र समुदायको साझा फूलबारी हो । यही विविधताबीचको एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो”, उनले भने, “हामीले सदियौँदेखि एकअर्काको धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै आएका छौँ । आपसी भाइचारा, बन्धुत्व र सामाजिक सद्भाव कायम राखेका छौँ । यसलाई कुनै पनि हालतमा कमजोर हुन दिनु हुँदैन ।”

नेता आङ्देम्बेले धर्म र पूजा गर्ने तौरतरिका, संस्कृति र परम्परा फरक भए पनि मानवता सबैभन्दा ठूलो धर्म भएको बताउँदै हरेक धर्मले प्रेम, करुणा, सहिष्णुता, क्षमा र शान्तिको सन्देश दिने उल्लेख गरे। कुनै पनि धर्मले घृणा, हिंसा वा वैमनस्य नसिकाउने भएकाले धर्मका नाममा, जातको नाममा एकअर्काप्रति अविश्वास र द्वेष फैलाउने कामबाट सबै सचेत हुन आवश्यक रहेको उनले उल्लेख गरेका छन् ।

नेता आङ्देम्बेले सबै राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारमाध्यम र युवापुस्तालाई अहिले आरोपप्रत्यारोप नभई समाजलाई जोड्ने काममा लाग्न र एकअर्कालाई दोषी देखाउने नभई विश्वासको वातावरण बनाउन आग्रह गरेका छन् । उनले सरकारले पनि नागरिकको जीवन र सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्दै बल प्रयोगभन्दा संवाद, विश्वास र कानुनी प्रक्रियामार्फत परिस्थितिलाई सामान्य बनाउन तत्काल प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएका छन् ।

नेता आङ्देम्बेले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक कदम चाल्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  ९ : ५९ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,