मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर « Khabarhub

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएपछि नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई बिदा नबस्न सर्कुलर गरेको छ।

प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी इकाइलाई सर्कुलर जारी गर्दै किरिया बिदा र प्रसूति बिदाबाहेक अन्य कुनै पनि बिदा स्वीकृत नगर्न निर्देशन दिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको पुष्टि गरे ।

उनका अनुसार तराईका विभिन्न जिल्लामा सुरक्षा चुनौती बढेकाले अधिकतम प्रहरी जनशक्ति परिचालन गर्नुपर्ने अवस्था आएको छ । त्यसैले अत्यावश्यक अवस्थाबाहेक अन्य बिदा तत्कालका लागि रोकिएको हो ।

सुनसरीमा दुई समूहबीच भएको झडपपछि सुरु भएको प्रदर्शन विस्तारै मोरङ, सिरहा, धनुषा र पर्सासम्म फैलिएको छ । सुरक्षा कारबाहीका क्रममा तीन जनाको मृत्यु भएपछि आन्दोलन झन् उग्र बनेको सुरक्षा निकायको भनाइ छ ।

तनाव बढ्दै गएपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूले सुनसरी, मोरङ, सिरहा, धनुषा र पर्साका विभिन्न क्षेत्रमा कर्फ्यु तथा निषेधाज्ञा जारी गरेका छन् । सुरक्षा व्यवस्था कडा पार्न ती जिल्लामा थप प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  १० : ०६ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा