आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल « Khabarhub

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६ अगष्ट ३० तारिख। भदौ कृष्ण पक्षको द्वितीया तिथि। विश्व बेपत्ता विरुद्धको दिवस र रोपाईं जात्रा । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। बन्धुसँगको सहकार्यले नाफा हुनेछ। परिवारमा सल्लाह लिएर अगाडि बढ्ने दिन छ।

वृष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। :वदेशमा रोजगारीका विकल्प प्राप्त हुनेछन्। :वा:थ्यमा सुधारका संकेत देखिनेछन्। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ।

मिथुन : दिन सामान्य छ। थोरै बोल्नु उचित हुनेछ । व्यापार व्यवसायमा गरेको लगानी डुब्ने जोखिम छ। ठुला व्यक्तिबाट अपमानित भएको महसुस हुनेछ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा भने सहज वातावरण बन्नेछ।

कर्कट : दिन राम्रो छ। बोलीको  प्रभावले काम बन्ने दिन छ । विदेशी लगानीमा मन आकर्षित भएको छ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ। :वा:थ्य र शिक्षाको माध्यमबाट गरेको मिहिनेतको फल प्राप्त हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ।

सिंह : दिन सामान्य छ। कामको बोझ थपिनेछ। व्यापारमा सहकार्य गर्नु उचित हुन्छ। एकल लगानी नगर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ।

कन्या : दिन राम्रो छ। राज्यको सेवाबाट मन प्रशन्न हुनेछ। खानपानमा ख्याल नगर्दा :वा:थ्यमा सम:या हुनेछ। धार्मिक यात्रा तय हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन राम्रो छ। मानसम्मान प्राप्त  हुनेछ । शिक्षाका क्षेत्रमा गरेको प्रयासबाट नाफा हुनेछ। अग्रजको सुझाव अनुसार काम गर्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। मन शान्त बन्नेछ।  स्वास्थ्यमा सुधार हुनेछ। शिक्षा र सामाजिक क्षेत्रमा नाम र दाम प्राप्त हुनेछ। मिहिनेतको फल मिल्ने छ ।

धनु : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनेछ। धार्मिक क्षेत्रको यात्राले मन शान्त बन्नेछ। काम गर्नु अगाडि आफूभन्दा ठुला व्यक्तिको सुझाव लिनु उपयुक्त हुनेछ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्ला।

मकर : दिन सामान्य छ। प्रियजनबाट धोका हुनेछ । मनमा अनर्थको तर्क चल्नेछ। धार्मिक कुरामा अविश्वास बढ्नेछ। हरेक काममा मिहिनेत गर्नुपर्नेछ। :वा:थ्यमा सम:या बढ्नेछ। परिवारको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ।

कुम्भ : दिन राम्रो छ। सामाजिक क्षेत्रमा बढुवा हुनेछ। मन शान्त बन्नेछ। विपक्षी साथीको साथ र सहयोग मिल्नेछ। जग्गाको कारोबारमा फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। आम्दानी बढ्ने छ। राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। सामाजिक क्षेत्रमा गरेको योगदानको कदर हुनेछ। समाजसेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ५ : ११ बजे

भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका

रसुवामा पुनः बाढी आएपछि नारायणगढ-मुग्लिन, पोखरा र काठमाडौँ सडक पूर्ण बन्द

काठमाडौँ – रसुवा क्षेत्रमा पुनः बाढी तथा पहिरो आएपछि चितवन

भोटेकोशीमा फेरि बाढी : रसुवा, नुवाकोट र धादिङमा सतर्कता अपनाउन अपिल

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा फेरि बाढीको बहाव एक्कासि बढेको

आज २०८३ साल भदौ १४ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १४ गते आइतबार सन् २०२६

फ्लड लाइटको उज्यालोमा रातभर चल्दैछ त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास

रसुवा – प्रतिकूल मौसम र रातको अँध्यारोका बीच बाढीका कारण