भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो « Khabarhub

भोटेकोशीमा पानी घट्यो : रसुवा, नुवाकोट र धादिङमा बाढीको खतरा टर्‍यो


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – उत्तरी रसुवाको भोटेकोशी नदीमा बाढीको बहाव बढेको खबरपछि सतर्कता अपनाइएको भए पनि हाललाई ठूलो बाढीको जोखिम नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवा र नुवाकोटबाट प्राप्त पछिल्लो विवरण अनुसार नुवाकोट क्षेत्रमा नदीको जलसतह केही बढे पनि बाढी सामान्य अवस्थामै रहेको छ।

महाशाखाले बिहान ५:४५ बजे अद्यावधिक सूचना जारी गर्दै रसुवा, नुवाकोट र धादिङसम्मको नदी तटीय क्षेत्रमा हाललाई ठूलो बाढीको जोखिम नरहेको स्पष्ट पारेको छ।

यसअघि बिहान भोटेकोशी नदीमा ठूलो आवाजसहित बाढी आएको सूचना पाएपछि तटीय क्षेत्रमा सतर्कता अपिल गरिएको थियो। स्थिति सामान्यतर्फ फर्किए पनि जल तथा मौसम विज्ञान विभाग र सुरक्षा निकायले नदीको जलसतहको निरन्तर अनुगमन गरिरहेका छन्।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ६ : ३९ बजे

श्रम संस्कृति पार्टीको आरोप : भीमप्रसाद उपाध्यायले क्युआर कोड तोडमोड गरेर भ्रम फैल्याए

काठमाडौँ– श्रम संस्कृति पार्टीले नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले आफ्नो

म्याग्दीको पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानका पन्थोक र जुग्जामा राष्ट्रिय प्रसारण

अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

वाशिङ्टन डिसी– अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी

काभ्रेमा ‘हाटबजार’को लहर, किसानलाई बजारीकरणमा सहजता

काभ्रे– करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुरु

बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो

काठमाडौँ – रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक