बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो « Khabarhub

बाढीको जोखिम घटेसँगै नारायणगढ-पोखरा र काठमाडौँ सडक खुल्यो


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रसुवामा बाढी-पहिरोको जोखिम घटेसँगै नारायणगढ-मुग्लिन तथा मुग्लिन-पोखरा/काठमाडौँ सडक खण्ड पुनः सञ्चालनमा आएका छन्।

बाढीको जोखिमलाई मध्यनजर गर्दै रोकिएका सवारी साधन अवस्था सामान्य भएपछि पूर्ण रूपमा सञ्चालन गरिएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढबाट पोखरा, मुग्लिन हुँदै काठमाडौंतर्फ जाने र आउने सबै किसिमका सवारी साधनहरूको आवगमन सुचारु भएको छ। यसअघि भोटेकोशी नदीमा बाढी आएको सूचनाका आधारमा सम्भावित जोखिम रोक्न सडक आवागमन बन्द गरिएको थियो।

राजमार्ग खुले पनि जोखिमयुक्त स्थानमा होसियार रहन, सम्बन्धित निकायको निर्देशन पालना गर्न र यात्रा गर्दा सुरक्षालाई पहिलो प्राथमिकता दिन चितवन प्रहरीले सर्वसाधारणमा अनुरोध गरेको छ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ६ : ५० बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये