मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित « Khabarhub

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा मोन्ट्रियलमाथि ७-१ को फराकिलो र ऐतिहासिक जित निकालेको छ।

आइतबार बिहान सम्पन्न खेलमा मियामीलाई कीर्तिमानी जित दिलाउन मेसीले एक्लै चार गोल गरे भने कासेमिरो र लुइस सुआरेजले १-१ गोल थपे।

इन्टर मियामीको इतिहासमा यो अहिलेसम्मकै फराकिलो जित हो। क्लबले कुनै पनि आधिकारिक खेलमा सात गोल गरेको यो पहिलो पटक हो।

सुरुवातदेखि नै आक्रामक खेल पस्किएको मियामीसामु मोन्ट्रियल निरीह बनेको थियो। मेसीको एकपछि अर्को दर्शनीय गोलसँगै सुआरेज र कासेमिरोको मैदानमा जमेको समन्वयले मायमीले जितलाई सहज बनाएको थियो।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ८ : ३९ बजे

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु

दाङ – लमहीमा यात्रु बसको ठक्करबाट एक जनाको मृत्यु भएको