बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने « Khabarhub

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने


१४ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित क्षेत्रमा अनुमति नलिई अनधिकृत रूपमा ड्रोन नउडाउन आग्रह गरेको छ।

प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै भोटेकोशी नदीको बाढीबाट प्रभावित रसुवा तथा नुवाकोट लगायतका जिल्लामा स्थानीय प्रशासनको पूर्वस्वीकृति नलिई ड्रोन उडाएको पाइएकाले त्यसमा रोक लगाइएको जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, गृह मन्त्रालय र निजी क्षेत्रका हेलिकप्टरहरू खोज तथा उद्धारका लागि पूर्ण क्षमतामा निरन्तर परिचालन भइरहेकाले अनधिकृत ड्रोन उडानले हवाई सुरक्षामा गम्भीर जोखिम सिर्जना गरेको प्राधिकरणको भनाइ छ।

“मानवरहित हवाई उपकरण उडान सम्बन्धी कार्यविधि, २०७५” बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा गृह मन्त्रालयको पूर्वस्वीकृति लिएर मात्र ड्रोन उडाउन सकिने सूचनामा उल्लेख छ।

अनुमति नलिई ड्रोन उडाएमा वा उद्धार कार्यमा बाधा पुर्‍याएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी उपसचिव राम बहादुर के.सी. द्वारा जारी सूचनामा दिइएको छ।

प्रकाशित मिति : १४ भदौ २०८३, आइतबार  ९ : ३१ बजे

संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जनतामाझ जान लागेका हौँ : माधव नेपाल

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले संविधान र

नेकपाको जागरण अभियान सुरु

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले दुई महिने राष्ट्रिय जागरण अभियान

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ