काठमाडौं – गायक बद्री पंगेनी र गायिका भावना आचार्यको स्वरमा तीज गीत ‘सर्लक्कै’ सार्वजनिक भएको छ।
‘बग्ने खोला’ गीतमार्फत चर्चा कमाएकी गायिका आचार्यले तीज लक्षित गरी यो गीत ल्याएकी हुन् । जसमा बद्रीले स्वरमा साथ दिएका हुन् ।
तीजको मौलिकता, रमाइलो वातावरण र नाचगानको भावलाई समेटेर यो गीत तयार पारिएको छ । गीतको भिडियोमा कलाकार पुजन घिमिरे ‘पुकु’, सुरेश देवल र गायिका भावना आचार्य स्वयंको अभिनय रहेको छ।
गीत तथा भिडियो गायिका भावना आचार्यकै आधिकारिक च्यानलमार्फत बजारमा ल्याइएको हो । ‘सर्लक्कै’को भिडियो अभिषेक वाग्ले ‘अबि’ले निर्देशन गरेका हुन्।
गीतको लिंक : https://www.youtube.com/watch?v=6Ndv_0JAWvM












प्रतिक्रिया