विदुरको ढुंगेमा भीड बढ्दा उद्धार टोलीलाई कठिनाइ « Khabarhub

विदुरको ढुंगेमा भीड बढ्दा उद्धार टोलीलाई कठिनाइ


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवाको भोटेकोशी बाढीपछि क्षति भएको विदुरको ढुंगे क्षेत्रमा भीड बढेपछि उद्धार टोलीलाई काम गर्न कठिन भएको छ ।  

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण प्रभावित भएको नुवाकोटको विदुर नगरपालिकास्थित ढुंगे बजार क्षेत्रसम्म सडक पहुँच भएकाले पीडित सर्वसाधारणका साथै क्षतिग्रस्त बजार हेर्न जाने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अत्यधिक भीड देखिएको छ । 

भीड बढेपछि सडक तथा बस्तीमा थुप्रिएको बाढीको लेदो र गेग्रान पन्छाउने कार्यमा खटिएकाहरूलाई बाधा पुगेपछि

सुरक्षा निकायले माइकिङ गर्दै अनावश्यक भीडभाड नगरिदिन र आफ्नो गन्तव्यतर्फ मात्रै अघि बढ्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

भीडका कारण उद्धारमा प्रयोग गरिएका उपकरण, सुरक्षाकर्मी तथा अत्यावश्यक सवारी साधनहरूको आवतजावतमा समेत समस्या उत्पन्न भएकाले कार्यस्थललाई सहज बनाइदिन प्रशासन तथा सुरक्षाकर्मीले आग्रह गरेका छन् । 

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  १२ : २४ बजे

बाढीको विपद्‍मा मौन बसेको टिप्पणी भएपछि पार्टी कार्यालयमा देखिए रवि, राहत र उद्धारबारे लिए ब्रिफिङ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोटेकोसी

रसुवा बाढी पीडितलाई गायिका समीक्षाको खाद्यान्न सहयोग

काठमाडौं – गायिका समीक्षा अधिकारीले रसुवा बाढी पीडितलाई खाद्यान्न सहयोग

प्रविधिको प्रयोग गर्दै शव खोजीमा नयाँ गोरख गण, ७२ शव निकालियो (तस्बिरहरू)

चितवन– प्रविधिको प्रयोग गर्दै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ

रसुवा बाढीका कारण बिक्कीले रोके फिल्म ‘ककाकिकी’को रिलिज

काठमाडौं – रसुवास्थित भोटेकोशीमा आएको विनाशकारी बाढीले देशको अवस्था असमान्य

भोटेकोशी बाढी : त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं– रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा