भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता « Khabarhub

भोटेकोसी बाढीको भयावह तथ्यांक : १५ हजारभन्दा बढी अझै बेपत्ता


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत बुधबार भोटेकोसी र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय क्षतिको सरकारी तथ्यांकले विपद्को भयावह अवस्था देखाएको छ।

सरकारको उद्धार अनुरोध पोर्टलमा रहेको पछिल्लो अभिलेखअनुसार १५ हजार ३२९ जना अझै हराइरहेका छन्। हालसम्म २ हजार ५०७ जना फेला परेको विवरण पोर्टलमा उल्लेख छ भने १ हजार ८०८ जनाको भेट तथा समस्या समाधान भएको जनाइएको छ।

बेपत्ता हुनेमा बालबालिकाको संख्या पनि ठूलो छ। अभिलेखअनुसार १८ वर्षमुनिका ६७६ बालबालिका र ६० वर्षभन्दा माथिका ४०९ ज्येष्ठ नागरिक अझै हराइरहेका छन्।

पोर्टलमा पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ३३० जनासम्बन्धी हराएको विवरण रिपोर्ट भएको देखिन्छ। यसले बाढी प्रभावित क्षेत्रमा अझै ठूलो संख्यामा मानिसको अवस्था अज्ञात रहेको संकेत गर्छ।

यसैबीच, बाढीपछि बगाएर ल्याएका शवहरू संकलन तथा पहिचानको काम पनि जारी छ। आज चितवनका नदी तथा बगर क्षेत्रमा थप शव संकलन गर्न लागिएको बताइएको छ।

भोटेकोसीमा आएको बाढीले रसुवासहित आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। 

बाढीका कारण कतिपय बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनासमेत प्रभावित भएका छन् भने बेपत्ताको खोजी तथा उद्धार कार्य अझै जारी छ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  १२ : ३५ बजे

केरूङमा उद्धार र राहतका लागि चीनले लगायो सबै शक्ति, मृतकको संख्या १६ पुग्दा ५४६ जना अझै बेपत्ता

ग्यिरोङ, चीन- चीनको क्षिजाङ स्वायत्त क्षेत्रमा बुधबार बिहान गएको विनाशकारी

भोटेकोशी बाढीका ७८ घाइते उपचारपछि डिस्चार्ज

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी घाइते भएका ७८

बाढीको विपद्‍मा मौन बसेको टिप्पणी भएपछि पार्टी कार्यालयमा देखिए रवि, राहत र उद्धारबारे लिए ब्रिफिङ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोटेकोसी

रसुवा बाढी पीडितलाई गायिका समीक्षाको खाद्यान्न सहयोग

काठमाडौं – गायिका समीक्षा अधिकारीले रसुवा बाढी पीडितलाई खाद्यान्न सहयोग

प्रविधिको प्रयोग गर्दै शव खोजीमा नयाँ गोरख गण, ७२ शव निकालियो (तस्बिरहरू)

चितवन– प्रविधिको प्रयोग गर्दै चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नयाँ