बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान « Khabarhub

बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुरामा पशुचौपायामा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि पहिलोपटक सञ्चालन गरिएको जिल्लाव्यापी पूर्ण खोप कार्यक्रम प्रभावकारी देखिएको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र बाजुराले विसं २०८२ पुसदेखि जिल्लाका नौवटै स्थानीय तहमा खोप अभियान सञ्चालन गरी खोरेत, लम्पीस्किन, पिपिआर र इटी रोगविरुद्ध एक लाख ७४ हजार पाँच सय ९८ डोज खोप लगाएको छ ।

केन्द्रका प्रमुख सिद्धराज जैशीका अनुसार पशुचौपायामा देखिने विभिन्न रोगको रोकथामका लागि जिल्लाका नौवटै स्थानीय तहका प्रत्येक वडामा पुगेर खोप सेवा दिइएको हो । 

अभियानका लागि २८ जना खोपकर्ता तथा पशु प्राविधिक परिचालन गरिएको उहाँले बताउनुभयो ।

अभियानअन्तर्गत गाई, भैँसी, बाख्रा र भेडामा लाग्ने खोरेत रोगविरुद्ध ६७ हजार पाँच सय १७ पशुचौपायालाई खोप लगाइएको छ । 

गाई र भैँसीमा देखिने लम्पीस्किन रोगविरुद्ध तीन हजार चार सय ९६ पशुलाई, भेडा तथा बाख्रामा लाग्ने पिपिआर रोगविरुद्ध एक लाख पाँच हजार सात सय २० पशुलाई र इटी रोगविरुद्ध दुई हजार पशुलाई खोप लगाइएको केन्द्र प्रमुख जैशीले जानकारी दिए ।

जिल्लाव्यापी खोप अभियान सञ्चालन गरेपछि हालसम्म ती रोगको प्रकोप नदेखिएको र यसले रोग नियन्त्रण तथा सम्भावित जोखिम न्यूनीकरणमा सहयोग पुगेको जैशीले बताए ।

‘पशुचौपायामा खोरेत, लम्पीस्किन, पिपिआर र इटी रोगको सङ्क्रमण देखिए किसानले ठूलो क्षति व्यहोर्नुपर्ने हुनसक्छ । त्यसकारण रोग लागेपछि उपचार गर्नुभन्दा अगाडि नै खोप लगाउनु महत्वपूर्ण हुन्छ’, उनले भने ।

बाजुराजस्तो दुर्गम तथा भौगोलिक रूपमा विकट जिल्लामा समयमै खोप सेवा नपुग्ने समस्या रहेकोमा पहिलोपटक गाउँमै पुगेर जिल्लाव्यापी अभियान सञ्चालन गरिएको उनले बताए ।

यसअघि पशुचौपायामा समस्या देखिए पालिका तथा जिल्ला सदरमुकामसम्म पुग्नुपर्ने बाध्यता रहेका किसानले गाउँमै निःशुल्क खोप सेवा पाएपछि राहत महसुस गरेका छन् । 

नियमित खोप सेवा नहुँदा पशुचौपाया मर्ने तथा दूध र मासु उत्पादन घटेर आर्थिक क्षति व्यहोर्दै आएका किसानलाई निःशुल्क र सहज रूपमा खोप सेवा उपलब्ध हुँदा ठूलो राहत मिलेको स्थानीय दलबहादुर रावतले बताए ।

यसैबीच, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले गत आर्थिक वर्षमा २५ हजार दुई सय ७८ पशुपन्छीको उपचार तथा पशु सेवा परामर्श दिएको जनाएको छ । 

केन्द्रले लक्ष्यअनुसार बडीमालिका नगरपालिका–१, गौमुल गाउँपालिका–१ तथा खप्तड छेडेदह गाउँपालिकाका वडा नं ६ र ७ मा गरी चारवटा पशु स्वास्थ्य शिविर सञ्चालन गरी छ हजार ७४ पशुपन्छीको उपचार तथा खोप लगाएको जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  १२ : ४१ बजे

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै