किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु « Khabarhub

किएभनजिकै रुसी ड्रोन आक्रमणमा ३७ जनाको मृत्यु


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

माइला– युक्रेनको राजधानी किएभनजिकै रहेको एक गोदाममा रुसी ड्रोन आक्रमण हुँदा ३७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् । 

गोदाममा गोलाबारुद तथा बारुदी सुरुङ भण्डारण गरिएको र आक्रमणपछि भएको विस्फोट तथा आगलागीले आसपासका दर्जनौँ घरमा क्षति पुगेको उनीहरूको भनाइ छ ।

बुचा जिल्लाको माइला गाउँमा शुक्रबार राति भएको आक्रमण यस वर्ष युक्रेनमा भएको सबैभन्दा घातक रुसी आक्रमण बनेको छ । 

स्थानीय क्षेत्रीय सैन्य प्रशासनका प्रमुख टिमुर टकाचेन्कोका अनुसार आगलागीका कारण कम्तीमा ५० आवासीय भवनमा क्षति पुगेको छ । 

मृत्यु हुनेमा ३४ जना वृद्ध तथा अपाङ्गता भएका व्यक्तिको स्याहार केन्द्रका बासिन्दा रहेको उनले बताए । घटनापछि ३७० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मानिसको बस्ती नजिकै गोलाबारुद भण्डारण गरिएको विषयमा प्रश्न उठाउँदै घटनालाई ‘भयानक लापरबाही’ भनेका छन् । 

उनले घटनाबारे आपराधिक अनुसन्धान सुरु गरिएको र दोषीलाई जबाफदेही बनाइने बताएका छन् ।

रुसको रक्षा मन्त्रालयले भने उक्त गोदाममा लामो दूरीका ड्रोनका लागि आवश्यक सामग्री तथा प्रक्षेपण उपकरण भण्डारण गरिएको भन्दै त्यही संरचनालाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ ।

यसैबीच, दक्षिणी खेरसन क्षेत्रमा रुसी आक्रमणबाट दुई जनाको मृत्यु हुनुका साथै एक बालबालिकासहित २७ जना घाइते भएको क्षेत्रीय अधिकारीहरूले बताएका छन् ।

युक्रेनले पछिल्ला महिनामा रुसी सैन्य उद्योग तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी लामो दूरीका ड्रोन आक्रमण बढाएको छ । 

राष्ट्रपति जेलेन्स्कीले यस्ता आक्रमणका लागि दैनिक एक हजारसम्म ड्रोन प्रयोग गर्ने लक्ष्य रहेको बताएका छन् ।

रुसको रक्षा मन्त्रालयका अनुसार शनिबार राति उसले युक्रेनबाट प्रहार गरिएका ३१३ ड्रोन नष्ट गरेको छ ।

युक्रेनी ड्रोन आक्रमणमा रुसको रोस्तोभ क्षेत्रमा ११ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । रासस

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  १२ : ४२ बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको