बाढीको विपद्‍मा मौन बसेको टिप्पणी भएपछि पार्टी कार्यालयमा देखिए रवि, राहत र उद्धारबारे लिए ब्रिफिङ « Khabarhub

बाढीको विपद्‍मा मौन बसेको टिप्पणी भएपछि पार्टी कार्यालयमा देखिए रवि, राहत र उद्धारबारे लिए ब्रिफिङ


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भोटेकोसी बाढीपछि पार्टीले गरिरहेको खोजी, उद्धार तथा राहतसम्बन्धी कामको अवस्थाबारे ब्रिफिङ लिन आइतबार केन्द्रीय कार्यालय बनस्थली पुगेका छन्।

बुधबार भोटेकोसीमा आएको भीषण बाढीबाट रसुवा र नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बाढीपछि लामिछाने सार्वजनिक रूपमा नदेखिएको भन्दै विभिन्न चर्चा भइरहेका बेला उनी आइतबार पार्टी कार्यालयमा देखिएका हुन्।

रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार लामिछानेले पार्टी सर्कलबाट बाढी प्रभावित क्षेत्रमा भइरहेको खोजी, उद्धार तथा राहतसम्बन्धी कामको ब्रिफिङ लिएका हुन्। उनले विपद्का बेला प्रभावकारी रूपमा काम गर्न पार्टीका सम्पूर्ण तह र निकायलाई निर्देशनसमेत दिएका छन्।

खरेलले भने, ‘भोटेकोसी बाढीको विपद्, खोजी, उद्धार र राहतको सन्दर्भमा रास्वपा सभापति रवि लामिछानेले पार्टी सर्कलमा अहिले भइरहेको कामको ब्रिफिङ लिनुभएको छ। साथै प्रभावकारी कामका लागि पार्टीको सम्पूर्ण तह र निकायलाई निर्देशन दिनुभएको छ।’

तर उनले ब्रिफिङ लिँदा सरकारका एकजना प्रतिनिधि पनि थिएनन्। बनस्थलीमा रास्वपा महामन्त्री विपिन आचार्य, सांसद विश्वराज पोखरेल, गणेश पराजुली, समीक्षा बास्कोटासहित देखिए । संगठन विभाग प्रमुखख प्रमोद न्यौपाने पनि त्यहाँ थिए । तर सत्तारुढ दलका सभापतिले ब्रिफिङ लिँदा सरकारको तर्फबाट कोही उपस्थित भएनन् ।

लामिछानेसँगै बनस्थलीस्थित पार्टी कार्यालयमा रास्वपाका महामन्त्री विपिन आचार्य, सांसदहरू विश्वराज पोखरेल, गणेश पराजुली, समीक्षा बास्कोटालगायतका नेताहरू उपस्थित थिए। संगठन विभाग प्रमुख प्रमोद न्यौपाने पनि बैठकमा सहभागी थिए।

बाढीपछिको अवस्थाबारे पार्टीभित्र छलफल भइरहँदा प्रभावित क्षेत्रमा तत्काल आश्रय तथा राहत व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा रास्वपाका नेता मनिष झाले जोड दिएका छन्।

झाले बाढी प्रभावित क्षेत्रमा ओत लाग्ने ठाउँ निर्माण गर्न सक्ने क्षमता भएका व्यक्ति तथा संस्थालाई स्थानीय तहसँग समन्वय गरी जस्तापाता, मेटल पाइप, बाँस र काठलगायतका सामग्री उपलब्ध गराउन आग्रह गरेका छन्।

उनका अनुसार नगद सहयोग प्रधानमन्त्री राहत कोषमा र औषधि, खाद्यान्न तथा लत्ताकपडालगायतका सामग्री जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराउन सकिन्छ। तत्कालीन व्यवस्थापन तथा अस्थायी आश्रय निर्माणका लागि प्रदेश र स्थानीय तहसँग समन्वय गर्नसमेत उनले आग्रह गरेका छन्।

झाले भने, ‘’यो देशमा ३ तहको सरकार र ४ तहको राज्य छ। सबैको इमानदार र सक्रिय संलग्नताको आवश्यकता छ।’ भोटेकोसी बाढीपछि रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा उद्धार, बेपत्ता व्यक्तिको खोजी तथा राहत वितरणको काम जारी छ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  १ : १८ बजे

बाढी प्रभावित क्षेत्रको लागि प्राधिकरणले उपलब्ध गरायो २० थान स्याटेलाइट फोन

काठमाडौं– भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क कायम गर्ने उद्देश्यले

बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

भद्रपुर– भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री

भोटेकोसी बाढीका ७६ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी

काठमाडौं– भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते भएका ७६ जना

शवको खोजीमा पोखरामा परिवार र आफन्त (तस्बिरहरू)  

पोखरा– रसुवा बाढीमा परेर ज्यान गुमाएका १ सय २ जनाको शव

केरूङ बन्दरगाह नजिकै चिनियाँ उद्धारकर्मी, अध्येताको निष्कर्ष : लाङटाङ लिरुङको हिमपहिरोले विनाश निम्त्यायो

काठमाडौं– नेपालतर्फ रहेको लाङटाङ लिरुङ हिमालको दक्षिणी मोहडामा करिब ५