‘बागमती प्रदेशका पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’ « Khabarhub

‘बागमती प्रदेशका पुरातात्त्विक महत्त्वका सम्पदाको संरक्षण गरिन्छ’


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले प्रदेशका पुरातात्त्विक महत्त्वका मूर्त, अमूर्त सम्पदाको संरक्षण एवं संवर्द्धन गरिने बताएका छन् ।

उनले प्रदेशमा पुरातात्त्विक, धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण सम्पदा धेरै रहेको उल्लेख गर्दै तिनको संरक्षण र संवर्द्धन गरी धार्मिक पर्यटन प्रवर्द्धन गरिने बताए । 

प्रदेशका मूर्त, अमूर्त सम्पदा भावी पुस्तालाई पनि हस्तान्तरण गर्नेगरी उचितरूपमा तिनको संरक्षण पनि गरिने मन्त्री प्रजापतिले बताए । 

बागमती प्रदेशमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्वका जात्रा, पर्व पनि धेरै रहेको उल्लेख गर्दै उनले तिनलाई लोप हुन नदिने, लोप भएका यस्ता सम्पदाका बारेमा जोजी गरी पुनः स्थापना गर्ने गरी प्रदेश सरकारले नीति र कानुन बनाउने भनाइ राखे । 

प्रदेशमा मूर्त, अमूर्त सम्पदाको संरक्षण र संवर्द्धनमा विभिन्न निकायबाट आएको स्रोत, साधन एवं बजेट पारदर्शी गर्ने प्रतिबद्धता पनि मन्त्री प्रजापतिको छ । 

प्रदेशका १० जिल्लामा रहेका ६४ सिद्ध लिङ्गको प्रचारप्रसार गरी यी स्थलमा धार्मिक पर्यटन प्रवर्द्धन गराउन पनि मन्त्रालयले काम गर्ने उनको योजना छ । 

आराध्यदेव भगवान् पशुपतिनाथलाई त्रिप्रदक्षिणको रुवरूपमा काठमाडौँ, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, धादिङ, नुवाकोट, ललितपुर, सिन्धुपाल्चोक र दोलखामा ६४ सिद्ध लिङ्ग रहेका छन् ।

प्रदेशका उद्योगलाई क्षमता अनुसार सञ्चालनमा ल्याएर रोजगारी र उत्पादन प्रवर्द्धन गर्ने, धार्मिक, सांस्कृतिक सम्पदाका माध्यमबाट पर्यटक बढाउने पनि उनको भनाइ छ । 

प्राकृतिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी प्रदेशमा धेरै पर्यटक भित्र्याउने कामलाई मन्त्रालयले प्राथमिकतामा राखेको छ । 

मन्त्रालयको नेतृत्वमा प्रदेशका श्रमिकलाई न्यूनतम पारिश्रमिक दिलाउन लागिपर्ने र यातायात क्षेत्रलाई व्यवस्थित बनाई यात्रुलाई सहज एवं सुलभ रूपमा गन्तव्यमा लैजाने गरी वातावरण बनाइने मन्त्री प्रजापतिको भनाइ छ ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  १ : ४१ बजे

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा