बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो « Khabarhub

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा फसेका व्यक्तिहरूको उद्धारमा महत्त्वपूर्ण प्रगति भएको छ। 

नेपाली सेनासहितको उद्धार टोलीले सुरुङसम्म पहुँच स्थापित गर्न सफलता पाएको हो। नेपाली सेनाका अनुसार माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङको प्रवेशद्वार खोल्ने काम ‘ब्रेक थ्रु’ भएको हो । 

गृह मन्त्रालयका अनुसार टनेल इन्ट्री खोल्ने लक्ष्यमा सफलता मिलेको हो ।  प्रवेशद्वार खुलेपछि सुरुङभित्र फसेका व्यक्तिहरूको खोज तथा उद्धारले गति लिने विश्वास छ ।

सुरुङभित्र फसेकाहरूको जीवनरक्षाका लागि आवश्यक हावा तथा अक्सिजन उपलब्ध गराउने काम पनि भइरहेको छ। 

भर्टिकल होलमार्फत सुरुङभित्र अक्सिजन पठाइएको छ। साथै, प्राविधिक टोलीले सुरुङभित्र रहेका व्यक्तिहरूको अवस्थाबारे जानकारी लिन तथा उद्धारको पूर्वतयारीका रूपमा विभिन्न माध्यमबाट सम्पर्क र पहुँच स्थापित गर्ने प्रयास गरिरहेको छ।

आयोजनास्थलसम्म पुग्ने सडक बाढीले अवरुद्ध पारेपछि उद्धार तथा पहुँच निर्माण थप चुनौतीपूर्ण बनेको छ। 

नेपाली सेनाले नुवाकोटको बट्टारसम्म स्काभेटर तथा डोजर पुर्‍याएर डिसमेन्टल गरी हेलिकप्टरमार्फत आयोजनास्थलतर्फ लगेको छ।

गएराति पुनः भीषण बाढी आए पनि उद्धार तथा पहुँच निर्माणको काम रोकिएको छैन। बाढी प्रभावितको उद्धारका लागि नेपाली सेनासहितको टोली खटिएको छ।

उद्धार तथा निर्माण कार्यमा खटिएका तनहुँबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं उक्त दलको ऊर्जा तथा जलस्रोत विभाग प्रमुख श्रीराम न्यौपानेले सुरुङ निर्माणको आफ्नो अनुभव अहिले उद्धार कार्यमा प्रयोग भइरहेको बताएका छन्।

न्यौपानेका अनुसार सुरुङको करिब २४ मिटरभित्रको भागमा डेब्रिस नभएको अवस्थामा आजै हावा, ध्वनि, पानी र खानेकुरा पठाउने लक्ष्य राखिएको छ।

त्रिशूली–३ ‘बी’ मा पनि उद्धार प्रयास जारी

रसुवाकै त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा पनि सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धार अभियान जारी छ।

पछिल्लो विवरणअनुसार त्यहाँको ‘फ्रन्ट फेस’मा चारवटा प्वाल ड्रिलिङ सम्पन्न भएको छ। प्राप्त प्रगतिका आधारमा फ्रन्ट फेसबाटै सुरुङभित्र प्रवेश गरी खोज तथा उद्धार कार्य अघि बढाउने तयारी भइरहेको छ।

उद्धार कार्यलाई सुरक्षित र प्रभावकारी बनाउन आवश्यक प्राविधिक तयारी तथा समन्वयलाई निरन्तरता दिइएको सम्बन्धित टोलीले जनाएको छ।

९३४ जना अझै सम्पर्कविहीन

बाढीका कारण रसुवा र नुवाकोटका जलविद्युत् आयोजनामा ठूलो जनधनको क्षति भएको छ । प्राप्त विवरणअनुसार रसुवाका सातवटा जलविद्युत् आयोजनाबाट ७३० जना र नुवाकोटका छवटा आयोजनाबाट २०४ जना गरी कुल ९३४ जना अझै सम्पर्कविहीन छन् ।

बाढीका कारण आयोजनास्थलमा रहेका कर्मचारी, प्राविधिक तथा अन्य कामदारको उद्धार अहिले सबैभन्दा ठूलो चुनौती बनेको छ । सडक तथा पहुँचमार्ग क्षतिग्रस्त भएपछि उद्धार सामग्री, उपकरण र जनशक्ति आयोजनास्थलसम्म पुर्‍याउनसमेत कठिनाइ भइरहेको छ ।

यस्तो अवस्थामा सुरुङको प्रवेशद्वारसम्म पहुँच स्थापित हुनु उद्धार अभियानका लागि महत्त्वपूर्ण प्रगति मानिएको छ ।
 

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ३ : ४० बजे

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका

काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ९ जना घाइते

सिन्धुली – बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलान्जर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर

खगेन्द्र सुनार प्रकरण : रास्वपाको छानबिन टोलीलाई जनआस्थाले बुझायो अडियो र लिखित विवरण

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित प्रतिनिधि सभा सदस्य

बाढीले थपियो चुनौती, काभ्रेका खानी तथा क्रसरको नियमन कमजोर

बनेपा– काभ्रेपलाञ्चोकमा नदीजन्य पदार्थ उत्खनन तथा प्रशोधन गर्दै आएका खानी र

जापानमा ९.९ म्याग्निच्युडको भूकम्प जाने सूचना फैलिएपछि…

काठमाडौं– जापानको मौसमसम्बन्धी निकायले शुक्रबार कुरील टापु क्षेत्रमा ९.९ म्याग्निच्युडको