सांसदहरूलाई रविको निर्देशन : टुरिस्टको शैलीमा बाढी प्रभावित क्षेत्रमा घुम्न नजानू « Khabarhub

सांसदहरूलाई रविको निर्देशन : टुरिस्टको शैलीमा बाढी प्रभावित क्षेत्रमा घुम्न नजानू


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलका सांसदहरूलाई बुधबार आएको बाढी प्रभावित रसुवा र नुवाकोटमा टुरिस्ट बनेर नघुम्न निर्देशन दिएका छन्।

सरकारी हेलिकप्टरसमेत चढेर रास्वपाका सांसदहरू टुरिस्टका रुपमा बाढीप्रभावित क्षेत्र पुगिरहेपछि रविले कडा निर्देशन दिएका हुन्।

सांसदहरू रिमा विश्वकर्मा, सागर ढकाल, बदन भण्डारी र ज्वाला संग्रौलाहरू टुरिस्टको शैलीमा बाढी प्रभावित क्षेत्रमा घुमेपछि चर्को आलोचना भएको थियो ।

उनीहरूको गतिविधिलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध भएको अवस्थामा आइतबार केन्द्रीय कार्यालयमा बाढीपछिको अवस्थाबारे ब्रिफिङ लिँदै रविले कडा निर्देशन दिएका हुन् ।

लामिछानेले अत्यावश्यक कामबाहेक बाढी प्रभावित क्षेत्रमा नबस्न र नघुम्न सांसदहरूलाई निर्देशन दिएका हुन् । उनले आइतबार वनस्थलीस्थित कार्यालयमा नेताहरू र सांसदसँग बिफ्रिङ लिँदै यस्तो निर्देशन दिएका एकजना नेताले बताए।

देशकै इतिहासको ठूलो विपत्ति परेको अवस्थामा टुरिस्टको शैलीमा सुकुलोमुकिलो भएर, कालो चश्मासहित बाढी प्रभावित क्षेत्रमा घुमेको देखेपछि पीडितहरूलेसमेत प्रश्न गरिरहेका थिए ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ४ : ४१ बजे

रोहितको अर्धशतक र करणको विष्फोटक ब्याटिङको मद्दतमा नेपालले ओमनलाई दियो २ सय ६४ रनको लक्ष्य

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको आफ्नो

सरकारी सवारीसाधन दुरुपयोग गर्ने एक जना पक्राउ

बनेपा– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ

अन्तरराष्ट्रियस्तरमा हुलाक सेवा कहीँ पनि खारेज भएको छैन : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको हुलाक सेवालाई

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते