त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो « Khabarhub

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र पृथ्वीराजमार्गको चरौँदी जोड्ने झोलुङ्गे पुल बगाएको छ । 

बाढीले लगातार तीन घण्टा हानेपछि बिहान ११ः३० बजेतिर पुल ढलाएर बगाएको स्थानीय विनोद नहर्कीले जानकारी दिए  ।

पुल लगेपछि गण्डकी गाउँपालिका ७ र ८ का बासिन्दा त्रिशूली तरेर राजमार्गतर्फ जान समस्या भएको छ । ‘घ्याल्चोकका करिब ४०० घरधुरी किसानले तरकारी र दूध बोकेर चरौँदीको कृषि सहकारीमा लैजाने मुख्य बाटो हो’, उनले भने, ‘अब यहाँका किसानले तरकारी र दूध बेच्न नपाउने भए ।’

यसअघि गत भदौ १० गते बुधबार आएको बाढीले यसभन्दा केही तल रहेको धवादीघाटको पुल लगेको थियो । सो पुल लगेपछि स्थानीयवासी घ्याल्चोकको पुल भएर वारपार गर्ने गरेका थिए । यो पुल लगेपछि स्थानीयवासीलाई समस्या भएको अर्का स्थानीय विजय रूपखेती बताउछन् । 

घ्याल्चोक–चरौँदी जोड्ने १३० मिटर लामो पुल छ वर्षअघि मात्र निर्माण भएको स्थानीयको भनाइ छ । योसँगै त्रिशूलीको बाढीले गोरखामा तीन वटा झोलुङ्गे पुल बगाएको छ भने एउटा पुल पूर्णरूपमा क्षति भएको छ । 

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ४ : ५५ बजे

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित