कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै « Khabarhub

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्गबाट काठमाडौं उपत्यका तथा आसपासका जिल्लाहरूमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति गर्ने व्यवस्था मिलाएको छ । 

आइतबार धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिका वडा नं. ७ अन्तर्गत पर्ने कृष्णभीर खण्डमा नदीको कटानले गर्दा बाटो अवरुद्ध भएको छ ।

बाटो अवरुद्ध भएसँगै उत्पन्न ढुवानी समस्यालाई सम्बोधन गर्न नेपाल आयल निगमले एल.पी. ग्यास उद्योगीहरूसँग छलफल गरी आपूर्तिको विशेष व्यवस्था मिलाएको हो । 

निगमका अनुसार, काठमाडौं र आसपासका जिल्लाहरूमा ग्यास आपूर्ति सहज राख्नका लागि बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी र पर्सा जिल्लामा रहेका ग्यास उद्योगहरू तथा पायक पर्ने अन्य जिल्लाका उद्योगहरूसँग आवश्यक समन्वय गरिएको छ । 

कृष्णभीरको बाटो सुचारु नहुँदासम्म ती उद्योगहरूमा आ–आफ्ना बुलेट खाली गराई सिलिण्डर रिफिल गर्ने र ती सिलिण्डरहरूलाई ट्रकमा राखेर वैकल्पिक बाटोहरू हुँदै काठमाडौं उपत्यका र आसपासका जिल्लाहरूमा आपूर्ति एवं बिक्री वितरण गर्ने व्यवस्था मिलाइएको छ। 

यसका साथै, पेट्रोलियम पदार्थ र एल.पी. ग्यासको ढुवानीलाई निरन्तरता दिनका लागि ट्यांक तथा ट्रकहरूलाई समेत स्थानीय प्रशासनसँग समन्वय गरी वैकल्पिक मार्गहरूबाट काठमाडौंसम्म सुरक्षित रूपमा भित्र्याएर आपूर्ति व्यवस्थालाई सहज बनाइने जानकारी निगमका प्रवक्ताले प्रेस विज्ञप्ति मार्फत दिएका छन् ।
 

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ६ : ०१ बजे

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै

काठमाडौं– त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर

नायिका वर्षा सिवाकोटीबाट बाढी पीडितलाई तीन लाख सहयोग

काठमाडौंं – नायिका वर्षा सिवाकोटीले रसुवा बाढी पीडितलाई तीन लाख

त्रिशुलीबाट पर्खाल उठाएर नबनाउने बेलासम्म पृथ्वी राजमार्ग बन्द हुने

काठमाडौं– आइतबारदेखि पृथ्वी राजमार्गमार्फत हुने सवारी यातायात बन्द भएको छ

नेपाल-चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका थप सात स्थानमा आज

भोटेकोशी बाढी : ट्रमा सेन्टरमा १७ जनाको उपचार जारी

काठमाडौं– रसुवामा बुधबार बिहान गएको भोटेकोशी बाढीमा परी घाइते भएका