त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने « Khabarhub

त्रिशूली–३ ‘ए’ सुरुङमा उद्धार प्रयास तीव्र, रातभर उत्खनन गरिने


१४ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूलाई सुरक्षित बाहिर निकाल्न सरकारले उद्धार कार्यलाई तीव्रता दिएको छ ।

ऊर्जा मन्त्रालयको सचिवालयका अनुसार सुरुङभित्र रहेकाहरूको जीवनरक्षा र उद्धारका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरी युद्धस्तरमा काम भइरहेको छ ।

उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आज रातभर उत्खननको काम निरन्तर सञ्चालन गर्ने तयारी गरिएको छ । सुरुङभित्र थुप्रिएको गेग्रान तथा अन्य अवरोध हटाउने कामसँगै फसेका व्यक्तिहरूसम्म अक्सिजन पुर्‍याउन भेन्टिलेसनको व्यवस्था पनि समानान्तर रूपमा अघि बढाइएको छ ।

उद्धार टोलीले अहिले सुरुङभित्र घस्रिएर जान सकिने साँघुरो मार्ग ९प्यासेज० निर्माण गरिरहेको छ । उक्त मार्गबाट स्ल्याबको माथिल्लो भाग हुँदै डक्टको टुप्पोसम्म पुग्ने र त्यहाँबाट सुरुङभित्रको वास्तविक अवस्था विस्तृत रूपमा निरीक्षण गर्ने योजना बनाइएको सचिवालयले जनाएको छ ।

यसअघि उद्धार टोलीले ड्रिलिङमार्फत सुरुङको माथिल्लो भागसम्म सानो प्वाल बनाएर अक्सिजन, पानीलगायत अत्यावश्यक सामग्री पठाउने व्यवस्था मिलाउने प्रयास गरिरहेको थियो । तर, भौगोलिक जटिलता तथा सुरुङभित्र रहेका अवरोधका कारण हाल भइरहेको प्रयासबाट उद्धार सम्भव नभए वैकल्पिक योजनाअनुसार भोलि बिहानै नेपाली सेनाको प्राविधिक टोली परिचालन गरी नियन्त्रित विस्फोटमार्फत अवरोध हटाउने तयारी गरिएको छ ।

सरकारले सुरुङभित्र फसेका व्यक्तिहरूको अवस्थालाई उच्च प्राथमिकतामा राख्दै उद्धारका लागि आवश्यक सबै उपाय अपनाइरहेको जनाएको छ । मन्त्रालयले फसेका व्यक्तिहरूलाई सकुशल बाहिर निकाल्न कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८३, आइतबार  ८ : ३२ बजे

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व