काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र « Khabarhub

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जोड्ने चेहेरेस्थित सुनकोशी नदीमा निर्माणाधीन पक्की पुल ६ वर्षदेखि अलपत्र अवस्थामा छ ।

काभ्रेपलाञ्चोकको कोशीपूर्वस्थित भुम्लु गाउँपालिकाका विभिन्न वडा तथा बस्तीमा सडक पहुँच पुर्याउने उद्देश्यले २०७७ भदौमा पुल निर्माणको सम्झौता गरिएको थियो । निर्माण व्यवसायीले पुलको काम समयमा नगर्दा भुम्लुका नागरिकले सास्ती खेप्नु परेको छ । पुल निर्माणका लागि सडक विभाग र अमर कन्स्ट्रक्सनबीच २०७७ साल भदौ १० गते सम्झौता भएको थियो ।

तीन वर्ष अर्थात् २०८० जेठ २ गतेसम्म पुल निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो । निर्माण व्यवसायीले काममा आलटाल गरेका कारण पुल निर्माणको काम अलपत्र अवस्थामा रहेको हो ।

विभागका इन्जिनियर निरोज महर्जनका अनुसार पुल निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले विभिन्न बहाना गर्दै आएको स्थानीयले गुनासो गरेका छन् । समयसीमाभित्र काम नगरेपछि पछिल्लो पटक २०८१ वैशाख २० गते विभागीय निर्णयानुसार २३ महिना २५ दिन म्याद थप गरिएको थियो । निर्माण व्यवसायीले थपिएको समयमा पनि काम नगरेको महर्जनले बताए ।

पुल निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) सहित ११ करोड सात लाख ४२ हजार २०० मा ठेक्का सम्झौता भएको थियो । हालसम्म पुलको तीन वटा पिल्लर उठाउनाका साथै काभ्रेपलाञ्चोकतर्फ एउटा स्पान तयार भएको छ ।

भुम्लु गाउँपालिका–१ का वडाध्यक्ष लेखबहादुर श्रेष्ठले निर्माणाधीन पुलको काम सम्पन्न नहुँदा नागरिकले निकै सास्ती खेप्नु परेको बताए । ‘पुल नबन्दा यहाँका नागरिकले १५ किलोमिटर बढी सडकको यात्रा गर्नुपर्ने बाध्यता छ, पुल बन्दा चार किमी मात्रै हिँडे पुग्छ’, उनले भने ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ६ : ४२ बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त