महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो « Khabarhub

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरलाई जोड्ने चर्चित झोलुङ्गे पुल बगाएको छ ।

बुधबार बिहान करिब आठ बजे महाकाली नदीको तीव्र बहावले पुलको एक पिलर ढालेपछि पुलको एक भाग पूरै नदीमा खसेर बगेको हो।

प्रहरीका अनुसार नदीको बीच भागमा रहेको पिलर बाढीले कटान गरी भत्काएको हो। भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको पिलर भत्किएपछि पुलको भाग नदीले बगाएको कञ्चनपुर प्रहरीले जनाएको छ।

एशियाकै लामा झोलुङ्गे पुलहरूमध्ये एक मानिने यो पुल भत्किएपछि दोधारा चाँदनी क्षेत्रका बासिन्दाको सदरमुकाम र छिमेकी नगरसँगको सीधा पैदल सम्पर्क टुटेको छ।

बाढीको जोखिम अझै कायम रहेकाले स्थानीय प्रशासनले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ९ : २१ बजे

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला

नाइजेरियामा इबोलाको पहिलो सङ्क्रमण

अबुजा- अफ्रिकामा फैलिएको इबोला प्रकोप नाइजेरियासम्म पुगेको छ । युगान्डाबाट

क्यासिनोबाट पाँच जना प्रहरी नियन्त्रणमा

वीरगन्ज (पर्सा)- क्यासिनोभित्र नेपाली प्रवेश गराई जुवा खेल्ने–खेलाउने कार्यमा संलग्न