महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो « Khabarhub

महाकालीको बाढीले दोधारा चाँदनी जोड्ने झोलुङ्गे पुल बगायो


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महाकाली नदीमा आएको बाढीले कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरलाई जोड्ने चर्चित झोलुङ्गे पुल बगाएको छ ।

बुधबार बिहान करिब आठ बजे महाकाली नदीको तीव्र बहावले पुलको एक पिलर ढालेपछि पुलको एक भाग पूरै नदीमा खसेर बगेको हो।

प्रहरीका अनुसार नदीको बीच भागमा रहेको पिलर बाढीले कटान गरी भत्काएको हो। भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर र दोधारा चाँदनी गाउँपालिकातर्फबाट तेस्रो नम्बरको पिलर भत्किएपछि पुलको भाग नदीले बगाएको कञ्चनपुर प्रहरीले जनाएको छ।

एशियाकै लामा झोलुङ्गे पुलहरूमध्ये एक मानिने यो पुल भत्किएपछि दोधारा चाँदनी क्षेत्रका बासिन्दाको सदरमुकाम र छिमेकी नगरसँगको सीधा पैदल सम्पर्क टुटेको छ।

बाढीको जोखिम अझै कायम रहेकाले स्थानीय प्रशासनले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  ९ : २१ बजे

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)