पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ? « Khabarhub

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा भेटेनन् भने के होला ? यही अनौठो प्रश्नले दर्शकलाई उत्सुक बनाउने फिल्म हो ‘परिवार’ । 

अभिनेता कामेश्वर चौरासिया र लक्ष्मी बर्देवाको अस्वाभाविक गेटअपबाटै चर्चा कमाएको यो फिल्मको टिजर सार्वजनिक भएसँगै यसको कथालाई लिएर कौतुहलता झनै बढेको छ । 

पोस्टरबाटै दर्शकमा प्रश्न उठाएको फिल्मको टिजरले भने कथाभित्रको पारिवारिक सम्बन्ध र रोचक ट्विस्टतर्फ संकेत गरेको छ।

मदन थापाको निर्देशनमा बनेको टिजरको सुरुवात कामेश्वर र लक्ष्मीबीचको विवादबाट हुन्छ । उनीहरूको संवादले परिवारको सहमतिबिना विवाह गरेर सँगै आएको र त्यसपछि सम्बन्धमा समस्या बढेको संकेत गर्छ । 

लक्ष्मीले कामेश्वरलाई आफ्नो विश्वासमा परिवार छाडेर आएको बताउँदा कामेश्वरले पनि उनको चाहना र जीवनशैलीलाई लिएर प्रश्न उठाएको देखिन्छ ।

फिल्ममा उनीहरूको छोरीको भूमिकामा रहेकी पात्र पनि महत्त्वपूर्ण देखिन्छिन् । आमाबुवाबीचको झगडाबाट चिन्तित उनले भगवान्सँग उनीहरूबीच कहिल्यै विवाद नहोस् भनेर प्रार्थना गरेको दृश्य टिजरमा समावेश छ ।

तर टिजरको सबैभन्दा रोचक पक्ष भने त्यसपछि देखिन्छ। बिहान उठेपछि कामेश्वर र लक्ष्मी दुवै आफ्नो शरीर छाम्दै अचम्ममा परेको दृश्यले फिल्मको कथालाई नयाँ मोडमा पुर्‍याउँछ । 

उनीहरू किन एक अर्काको जस्तो गेटअपमा देखिएका छन् र शरीरमा के परिवर्तन भएको हो भन्ने कुरा भने टिजरले खुलाएको छैन। यही रहस्यले फिल्मप्रति दर्शकको चासो थप बढाएको छ ।

‘कहिले श्रीमानको वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने नारासहित निर्माण भएको फिल्म कार्तिक १३ गतेदेखि प्रदर्शनमा आउनेछ।

शाही फिल्म प्रोडक्सन र विशआई फिल्म्सको सहकार्यमा बनेको फिल्ममा कामेश्वर र लक्ष्मीसँगै विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायत कलाकारको अभिनय छ।

प्रेम थापा र गणेश उपाध्यायको लेखन रहेको फिल्मका निर्माता रमेश शाही हुन् । कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह–निर्माताका रूपमा छन्। फिल्मको टिजर म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १२ : ३२ बजे

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ