पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ? « Khabarhub

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा भेटेनन् भने के होला ? यही अनौठो प्रश्नले दर्शकलाई उत्सुक बनाउने फिल्म हो ‘परिवार’ । 

अभिनेता कामेश्वर चौरासिया र लक्ष्मी बर्देवाको अस्वाभाविक गेटअपबाटै चर्चा कमाएको यो फिल्मको टिजर सार्वजनिक भएसँगै यसको कथालाई लिएर कौतुहलता झनै बढेको छ । 

पोस्टरबाटै दर्शकमा प्रश्न उठाएको फिल्मको टिजरले भने कथाभित्रको पारिवारिक सम्बन्ध र रोचक ट्विस्टतर्फ संकेत गरेको छ।

मदन थापाको निर्देशनमा बनेको टिजरको सुरुवात कामेश्वर र लक्ष्मीबीचको विवादबाट हुन्छ । उनीहरूको संवादले परिवारको सहमतिबिना विवाह गरेर सँगै आएको र त्यसपछि सम्बन्धमा समस्या बढेको संकेत गर्छ । 

लक्ष्मीले कामेश्वरलाई आफ्नो विश्वासमा परिवार छाडेर आएको बताउँदा कामेश्वरले पनि उनको चाहना र जीवनशैलीलाई लिएर प्रश्न उठाएको देखिन्छ ।

फिल्ममा उनीहरूको छोरीको भूमिकामा रहेकी पात्र पनि महत्त्वपूर्ण देखिन्छिन् । आमाबुवाबीचको झगडाबाट चिन्तित उनले भगवान्सँग उनीहरूबीच कहिल्यै विवाद नहोस् भनेर प्रार्थना गरेको दृश्य टिजरमा समावेश छ ।

तर टिजरको सबैभन्दा रोचक पक्ष भने त्यसपछि देखिन्छ। बिहान उठेपछि कामेश्वर र लक्ष्मी दुवै आफ्नो शरीर छाम्दै अचम्ममा परेको दृश्यले फिल्मको कथालाई नयाँ मोडमा पुर्‍याउँछ । 

उनीहरू किन एक अर्काको जस्तो गेटअपमा देखिएका छन् र शरीरमा के परिवर्तन भएको हो भन्ने कुरा भने टिजरले खुलाएको छैन। यही रहस्यले फिल्मप्रति दर्शकको चासो थप बढाएको छ ।

‘कहिले श्रीमानको वार, कहिले श्रीमतीको वार, मिल्दै जाँदा बन्यो परिवार’ भन्ने नारासहित निर्माण भएको फिल्म कार्तिक १३ गतेदेखि प्रदर्शनमा आउनेछ।

शाही फिल्म प्रोडक्सन र विशआई फिल्म्सको सहकार्यमा बनेको फिल्ममा कामेश्वर र लक्ष्मीसँगै विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायत कलाकारको अभिनय छ।

प्रेम थापा र गणेश उपाध्यायको लेखन रहेको फिल्मका निर्माता रमेश शाही हुन् । कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह–निर्माताका रूपमा छन्। फिल्मको टिजर म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १२ : ३२ बजे

अर्थ समितिमा उठे शेयर बजारका कुरा : आईपीओ स्वीकृतिअघि नेप्से प्रविधि सुधार्न निर्देशन

काठमाडौं- प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले धितोपत्रसम्बन्धी नयाँ विधेयक तत्काल संघीय

बाढीबाट उद्धार गरिएको गैँडा सौराहाको जनकौलीमा छाडियो

चितवन– सुस्ताबाट उद्धार गरी ल्याइएको पोथी गैँडा सौराहाको जनकौली सामुदायिक

युवावस्थामै कोरोनरी मुटुरोग बढ्दो, डाक्टरलाई प्रश्न- नेपालमा उपचार कत्तिको महँगो छ ?

काठमाडौं– नेपालमा पछिल्लो समय मुटुरोगको समस्या बढ्दै गएको छ ।

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक