थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी « Khabarhub

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी


१४ आश्विन २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी  नदी अझै पनि पुलको दायाँ र बायाँबाट बगिरहेको छ । 

नदील पुलको माथिबाट धार परिवर्तन गरी आंशिक रूपमा बगे पनि हालसम्म तालकै रूपमा रहेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनले भने, ‘एक्साभेटरले दुवैतर्फबाट काम गरिरहेको छ, इन्धन ल्याउन सहज छैन । नेपाली सेनाको हेलिकप्टरमार्फत इन्धन ल्याएर काम भइरहेको छ ।’

हाल त्यस क्षेत्रमा विज्ञहरुको परामर्शमा स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारको समन्वयमा काम भइरहेको उनले जानकारी दिए ।

स्थानीय तहमा उपलब्ध एक्साभेटरलगायतका सामग्री प्रयोग गरी तालको बहावलाई सञ्चालन गर्न कोसिस भइरहेको चामे गाउँपालिकाका प्रमुख लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।

‘नदीको बहाव र जोखिमलाई ध्यानमा राखेर छेउको भागबाट काम गरिरहेका छौँ’,  अध्यक्ष घलेले भने, ‘आम नागरिकको हितका लागि दिनरात नभनी काम गरिरहेका छौँ ।’ उनका अनुसार पुलमाथिबाट नै नदीले धार परिवर्तन गरेपछि त्यस क्षेत्र वरपरका केही घर डुबानमा परेका छन् ।

लमजुङ हिमालबाट उत्पत्ति हुने घट्टेखोलाको बाढी र पहिरोका कारण त्यसमा विद्युत् र खानेपानी आपूर्ति, टेलिफोन, इन्टरनेट र सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध छ ।

यसैबीच मस्र्याङ्दीको बाढीले नासोँ गाउँपालिका–८ र ९ वडा जोड्ने पुल बगाएपछि स्थानीयलाई आवतजावतमै समस्या परेको छ । स्थानीय रामबहादुर थकालीका अनुसार ताचैबासी सडक सञ्चालबाट अहिले अलग भएको अवस्था छ । विगतमा तीनतिरबाट त्यहाँ आवतजावत गर्न मिल्थ्यो । 

उनका अनुसार पछिल्ला दिनमा त्यस क्षेत्रका घोडेटो, गोरेटो र मोटरबाटो बाढी पहिरोले क्षति पुर्‍याएको छ । गाउँमा कसैलाई आकस्मिक रूपमा कहीँ कतै जानुपर्‍यो भने अहिले त्यो सम्भव छैन ।

नासोँ–८ का वडाध्यक्ष याद घले भन्छन्, ‘गाउँबाट आवतजावत गर्ने सबै बाटो बाढी र पहिरोले बगाएपछि अन्य गाउँसँगको सडक सम्पर्क टुटेको छ । म आफैँ पनि वडाकै नेतृत्वमा छु । तर, आवश्यक स्रोतसाधन अभावले केही काम नै गर्न सकिएको छैन ।’ रासस
 

प्रकाशित मिति : १४ आश्विन २०८३, बुधबार  १२ : ५६ बजे

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था

सरकारले विगतका ठूला भ्रष्टाचार काण्डको सूक्ष्म अनुसन्धान गरिरहेको छ : सचेतक परियार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले वर्तमान

देउवा उद्‌घाटन सत्रमा आउँदैछन् भनेर झुटो प्रचार भइरहेको छ : महत

 काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले पूर्वसभापति शेरबहादुर देउवा कांग्रेस संस्थापन

कहिले आउँदैछ ‘जिरो डिग्री’ ?, घोडामाथि विजयको अनौठो अवतार

काठमाडौं– फिल्मको नाम ‘जिरो डिग्री’, पोस्टरमा घोडामाथि सवार अभिनेता विजय